एमाले सांसदसँग जंगिए सभामुख

२३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् । उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै […]

सम्बन्धित सामग्री

जुनियर व्यक्ति उपप्रधानमन्त्री भएपछि सभामुख बन्न एमाले नेताहरुको लाइन

काठमाडौं, पुस २०। सत्ता गठबन्धनको भागबण्डाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भागमा परेको सभामुख पदका लागि एमाले पार्टीभित्र लामो लाइन लागेको छ । शुरूमा मन्त्रीको दाबी गरेका एमाले नेताहरू उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लिएपछि एकाएक पछि हटेर सभामुख ताक्न थालेका हुन् । पार्टीले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाएपछि […]

सभामुख सापकोटाविरुद्ध किन उभियो एमाले?

काठमाडौं, चैत ५ । फौजदारी अभियोग लागेर प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा राजीनामा दिएपछि तीन महिना सो पद रिक्त रह्यो। सभामुख कसलाई बनाउने भन्ने विषयमा तत्कालीन नेकपाभित्र लामो समय विवाद भयो। नेकपाका तत्कालीन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल केही समय एमाले पृष्ठभूमि वा माओवादी पृष्ठभूमिबाट सभामुख बनाउने भन्दै आ–आफ्ना अडान रहे। त्यतिबेला प्रधानमन्त्रीसमेत […]

संसद् अवरोध खुलाउन सभामुख सापकोटा एमाले नेताहरुसँग छलफलमा

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा संसद्को अवरोध खुलाउनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता खगराज अधिकारी र प्रमुख सचेतक विशाल भट्टराईसँग छलफलमा छन् । आजको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेका थिए । बैठकमा अवरोध गरेपछि सभामुख एमाले सांसदहरुसँग छलफलमा बसेका हुन् । उक्त छलफलमा सरकारको तर्फबाट कानून, न्याया […]

एमाले सांसदप्रति सभामुख सापकोटा आक्रोशित

काठमाडौं, भदौ २३ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुप्रति आक्रोश पोख्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भूमिकामा प्रश्न, दल विभाजनको आरोप र प्रतिनिधिसभा नियमावली विपरित आफुबिरुद्ध नाराबाजी गरेपछि सापकोटाले आक्रोश पोख्नुभएको हो । एमालेले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले निरन्तर नाराबाजी गरेपछि सभामुख आक्रोशित […]

सभामुख सापकोटा एमाले प्रमुख सचेतक भट्टराईसँग छलफलमा

काठमाडौं, २३ भदौ । नेकपा (एमाले) का सांसदहरुले संसद् बैठकमा अवरोध गरेपछि संसद् बैठक १५ मिनेटको लागि स्थगित् भएको छ । तर, यो बीचमा सभामुख अग्निप्रसाद सापकोटाले भने एमालेका प्रमुख सचेतक विशाल भट्टराईसँग छलफल गरिरहेका छन् । संसद्को अवरोध हटाउनेबारे उनीहरुबीच छलफल चलेको हो । सभामुख कक्षमा जारी छलफलमा सदन सुचारु गर्नेबारे कुराकानी भएको हो […]

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने

काठमाडौं, १० भदौ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित १४ सांसदमाथि कारबाहीको पत्र लेख्दा पनि अगाडि नबढाएको भन्दै सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो । सापकोटाले कारबाही अगाडि नबढाएको र निर्वाचन आयोगले कारबाहीमा परेकाहरुको सनाखत लिएकोले कानूनी उपचारमा जाने […]

सभामुख होइन युद्धकालीन माओवादी भन्नुपर्योः एमाले प्रवक्ता ज्ञवाली

काठमाडौं, ८ भदौ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले संसदीय अभ्यासको बर्खिलाप क्रियाकलाप गरेको आरोप लगाएका छन् । उनले सभामुखमाथि पूर्वाग्रहपूर्ण गतिविधि गरेको आरोप समेत लगाए । के देशमा दुईवटा कानुन हो ? ज्ञवालीले नेकपा एमाले स्थायी कमिटी बैठकपछि पत्रकार सम्मेलनमा सभामुख सापकोटाको नाम लिएर प्रश्न गरे, कि सभामुख होइन युद्धकालीन माओवादी […]

सभामुख अग्नि सापकोटा र एमाले सांसदबीच चर्काचर्की

कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु  सभामुख अग्नि सापकोटा नभेटेपछि त्यसै फर्किएका छन् । यसअघि बिहीबार एमाले सांसद र सभामुखबीच चर्काचर्की भएको थियो ।बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए । सांसद शान्ता चौधरीले सभामुखको कार्यकक्षमा हिजो चर्काचर्की भएको र आज भने सभामुखले भेट नदिएको सञ्चारकर्मीलाई बताइन् ।

सभामुख चलाउन मन छैन ? एमाले अध्यक्ष ओलीको सभामुख सापकोटालाई प्रश्न

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटालाई संसद चलाउन मन छ कि छैन भनेर प्रश्न गरेका छन् । १४ जना सांसदमाथि गरेको कारबाहीको सूचना नटाँसेकोमा आक्रोशित ओलीले सभामुख हुने वा माओवादी कार्यकर्ता बन्ने भन्ने रोज्नुपर्ने बताए। उनले भने, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो। संसद चलाउनु छ कि छैन ?’