‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ गर्दै काठमाडौं मेरियट

काठमाडौं । काठमाडौंको नक्सालमा रहेको काठमाडौं मेरियटले रात्रिकालीन कार्यक्रम आयोजना गर्ने भएको छ । होटलले आगामी शुक्रवार गर्न लागिएको उक्त कार्यक्रमको नाम ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ दिइएको बताइएको छ । ‘कार्यक्रममा सहभागीले रात्रिकालीन जीवनका अद्भुद् दृश्यको मजा र अविस्मरणीय तथा नौलो अनुभव लिन सक्छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । देशकै चर्चित डिजेहरूको प्रस्तुति रहने कार्यक्रममा बीपीएम, वाईएनजेडएन, ओ मान्सी लगायतका डिजेहरूले मनोरञ्जन दिने बताइएको छ । विभिन्न किसिमका पेय पदार्थको समिश्रणमार्फत ककटेल स्वाद समेत दिलाइने होटलका क्लस्टर जनरल म्यानेजर विशाल मेहराले जानकारी दिए । उनका अनुसार यस कार्यक्रममा जो कोहीले सहभागी हुन सक्नेछन् । सीमित टिकट रहेको कार्यक्रममा सहभागिताका लागि प्रतिव्यक्ति ९९९ रुपैयाँमा टिकट बुक गर्न सकिने बताइएको छ । सो शुल्कमा एउटा वियर समेत उपलब्ध हुने होटलको भनाइ छ । साथै कार्यक्रममा भीआईपी प्याकेज समेत उपलब्ध गराइएको क्लस्टर जनरल म्यानेजर मेहराले जानकारी दिए । यो ७५ हजार रुपैयाँबाट शुरू हुने बताइएको छ, जसमा ६ जना ग्राहक सहभागी हुन सक्नेछन् ।

सम्बन्धित सामग्री

काठमाडौं सफा गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले सहरी स्वच्छताका लागि सरसफाइका विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ।

काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु

काठमाडौं, पुस १२ । हिमालय एअरलाइन्सले विहिबारदेखि काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको छ । चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन […]

हिमालय एयरलाइन्सको काठमाडौं–छिन्ताओे–काठमाडौं उडान सुरु

नेपाली चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवा सुरु गरेको छ । कम्पनीले आइतबार बिहान काठमाडौं–छिन्ताओ पहिलो उडान गरेको हो । यो नयाँ रुटले यात्रुलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध...

काठमाडौं प्लाजा काठमाडौं महानगरलाई भाडामा दिने सम्झौता

नेपाल ट्रष्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई लिजमा दिने सम्झौता भएको छ । बुधबार यससम्बन्धी सम्झौतामा दुई कार्यालयबीच हस्ताक्षर भएको हो ।  मासिक ६० लाख ५० हजार भाडामा...

वाह काठमाडौं, क्या काठमाडौं

यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ। जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छन्। नीलो आकाशमा रातो अनि पहेँलो रङ भरिन्छ। चराचुरुङ्गीका मधुर आवाज पनि कहीँकतै सुन्न सकिन्छ,सडक छेउका बस्तीबाहेक। हिजोआज सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन देखिन्छन्। दिउँसोको उज्यालो त सबैले हेर्छन् तर साँझको गोधुली उज्यालोमा पनि काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर र रोचकछ।

काठमाडौं च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । काठमाडौं १७ स्वर्ण, ३ रजत र १४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो […]

अस्तव्यस्त काठमाडौं!

काठमाडौं : संघीय राजधानी काठमाडौं। अवसरका लागि देशभरिका मानिसको सपनाको शहर। पढाइ, स्वास्थ्योपचारदेखि रोजगारीसम्मको आकर्षण केन्द्र हो, काठमाडौं। देशभरिका मानिसको आशा र भरोसाको केन्द्र काठमाडौं सोचेजस्तो छैन। शहरका मूल सडकदेखि गल्ली–गल्ली जता हेर्‍यो अस्तव्यस्त। न सरकारले आफ्नो दायित्व पूरा गर्छ न त नागरिकले नै।धुवाँ, धुलो, हिलो र फोहोरको पर्याय नै बनिसक्यो काठमाडौं। त्यसमाथि राज्यका निकायदेखि नागरिकसम्मले नियमकानून पालना नगर्दा काठमाडौंका कतिपय ठाउँ हेरिनसक्नु देखिन्

तानडोरीमा काठमाडौं पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित तानडोरी प्रतियोगितामा शुक्रबार काठमाडौं पहिलो भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभाग दोश्रो भयो । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत […]

काठमाडौं महानगरपालिका च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका ११ औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा बुधबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कांसयसहित गोकर्णेश्वर नगरपालिका दोश्रो […]

काठमाडौं प्लाजा सिल

नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीवार प्लाजा सिल गरेको हो । सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजाभित्रका कार्यालय तथा पसलहरू पूर्ण रूपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिबद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । सो भवन नेपाल ट्रस्टले काठमाडौं महानग...