चोलेन्द्रले तोके आफूबाहेकका ११ इजलास, बारले बहिष्कार गर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतवार आफूबाहेकका ११ वटा इजलास तोकेका छन्। दीपककुमार कार्कीको मात्र एकल इजलास तोकिएको छ भने बाँकी न्यायाधीशहरूको संयुक्त इजलास राखिएको छ। मीरा खड्का र प्रकाशकुमार ढुंगानाको दुईवटा छुट्टाछुट्टै संयुक्त इजलास राखिएको छ भने हरिकृष्ण कार्की र कुमार रेग्मीको संयुक्त इजलास राखिएको छ। त्यसैगरी न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ र मनोजकुमार शर्माको पनि छुट्टा–छुट्टै दुईवटा संयुक्त इजलास राखिएको छ। आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलास, अनिलकुमार सिन्हा र कुमा...

सम्बन्धित सामग्री

तीन दलले निर्वाचन बहिष्कार गर्ने

काठमाडौं,कात्तिक १८ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित तीन कम्युनिस्ट पार्टीले आगामी मङ्सिर ४ मा हुन गइरहेको आम निर्वाचन बहिष्कार गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गरी निर्वाचन बहिष्कार गर्ने जानकारी दिएको हो । विज्ञप्तिमा कार्तिक १९ […]

निर्वाचन बहिष्कार गर्ने ज्यामरुङवासीको घोषणा

श्री ५ को वायुगुठी, समस्या समाधान संघर्ष समिति, वडामा क्रियाशिल सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधि र सम्पूर्ण ज्यामरुङवासीले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने भएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले निर्वाचन बहिष्कार गर्न लागेको जनाएको हो । संघर्ष समितिका संयोजक ईश्वरीबहादुर लम्सालले आफूहरु कुनै रहरले नभई बाध्यताले निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगेको बताए ।उनले भने,‘यो भनेको ३ हजार ५ सय घरधुरीको बगिरहेको आँशु हो ।

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भए पनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ […]

विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिने/नलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो । सरकारले चुनावमा जाने वातावरण नबनाएकाले बहिष्कार गरिने केन्द्रीय सदस्य असल क्षेत्रीले बताए । ‘हामी चुनावलाई उपयोग गर्नुपर्छ भन्नेमा थियौ । सरकारले कहिले पक्राउ पुर्जी जारी गरेर धम्क्याउँछ । कहिले बन्दी रिहा र मुद्दा फिर्ता नगरेर सताउँछ’

क्रान्तिकारी माओवादीसहित ४ दलले चुनाव बहिष्कार गर्ने

काठमाडौँ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायत चार कम्युनिस्ट पार्टीले चुनाव बहिष्कार गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् । चार दलको संयुक्त बैठकले बहिष्कार गर्ने निर्णय गरेको […]

वैद्य नेतृत्वको माओवादीले चुनाव बहिष्कार गर्ने

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी ४ मंसिरको निर्वाचन बहिष्कार गर्ने भएको छ । महासचिव वैद्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विशेष बैठकले संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने...

‘इजलास बहिष्कार गर्ने न्यायाधीशहरुविरुद्ध रिट दायर’

काठमाडौं, ११ कार्तिक । ईजलास बहिष्कार गर्ने सर्वोच्च अदालतका न्यायाधिशहरुविरुद्ध सर्वोचच अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु मेरिसा चाम्लिङ राई र सिरिष्मा घिमिरेले न्यायाधीशहरुले इजलास बहिष्कार गरेर अदालतभित्र राजनीति गरेको र जनतालाई न्याय दिने कुरा प्रभावित पारेको भन्दै आज रिट दायर गरेका हुन् । उनीहरुले न्यायाधीहरुको काम भनेको न्याय दिने भएको भन्दै इजलास बहिष्कार […]

सर्वोच्चका न्यायाधीशद्वारा दोस्रो दिन पनि इजलास बहिष्कार

सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलास बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर, ती कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ भएको छैन । यसअघि सोमबार पनि सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेका थिए । जसका कारण १० वटा मुद्दा प्रभावित भएको थियो । न्यायालयको साख जोगाउन प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने धारणा राख्दै आएका सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेका हुन् । नेपाल समाचारपत्रम...

न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा प्रदर्शन

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा कानूनका विद्यार्थीको एक समूहले सर्वोच्च अदालत बाहिर प्रदर्शन गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले सोमबारदेखि इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले इजलास बहिष्कार गर्ने अधिकार न्यायाधीशलाई कसले दियो भन्ने प्रश्न गरेका छन् । उनीहरुले अदालतको विषयमा मिडिया ट्रायल भएको […]

आसियानद्वारा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय

सिंगापुर, १ कार्तिक : दक्षिण एसियाली मुलुकहरुको संगठन आसियानले शनिबार म्यानमारको सैन्य नेतृत्वलाई सम्मेलनबाट बहिष्कार गर्ने निर्णय गरेको छ। आसियानले यसै महिनाको अन्त्यमा आयोजना गरेको शिखर सम्मेलनबाट म्यानमारको सैन्य नेतृत्वलाई बहिष्कार गर्ने निर्णय गरेको हो। यस महिनाको अन्त्यमा गैर राजनैतिक तवरबाट हुन लागेको सो सम्मेलनमा म्यानमार सेनालाई बहिष्कार गर्ने निर्णय गरिएको आसियानले जनाएको छ। म्यानमार […]