नेकपा प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बस्दै

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ । यसअघि गएको ७ गते पनि प्रचण्ड-नेपाल समूहले नागरिकता र पार्टीको परिचयपत्र बोकेर पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिएको थियो । आजको केन्द्रीय कमिटी बैठकअघि प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी बैठक पनि बोलाएको छ । स्थायी कमिटी बैठक बिहान ११ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।...

सम्बन्धित सामग्री

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ । बैठकले २७ र २८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले...

एमाले स्थायी कमिटी बैठक सुरु

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलमा बैठक सुरु भएको हो ।

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। नेकपा एमालेमा पछिल्ला केही हप्तायता पार्टीभित्रको आन्तरिक विवाद मिलाउने प्रयास भइरहेको छ। विवाद अन्त्यका लागि विभिन्न तहमा वार्ता र छलफल भइरहेका छन्। पार्टी एकीकरणका लागि माधव नेपाल पक्षले पार्टीको सांगठनिक स्वरुप २०७५ जेठ ३ पूर्वको अवस्थामा हुनुपर्ने बताउँदै आएको छ।&