‘कोभाक्स’ सुविधाअन्तर्गतको खोप आपूर्ति सुरु, ६ लाख डोज खोप घाना पुग्यो

काठमाण्डौ विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभ्याक्स सुविधाको खोप आपूर्ति थालेको छ । डब्ल्यूएचओले गरिब देशहरूलाई कोरोना भाइरसविरुद्धको खोपमा पहुँच उपलब्ध गराउन स्थापना गरेको कोभाक्स सुविधाअन्तर्गत खोप आपूर्ति सुरु गरेको हो ।  डब्ल्यूएचओले बुधवार घानामा खोप पुर्‍याएकाे समाचार संस्था एएफपीले जनाएको छ । अफ्रिकी देश घानालाई डब्ल्यूएचओले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोपको ६ लाख डोज उपलब्ध गराएको हो ।  डब्ल्यूएचओले गरिब देशहरूलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभाक्स स्थापना...