एभरेष्ट बैंकको ‘एभरेष्ट उत्सवमय अफर’ः सहुलियत दरमा घर कर्जा देखि व्यक्तिगत कर्जासम्म

काठमाडौं । एभरेष्ट बैंकले नेपालीहरुको महान चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ ।यस अन्तर्गत सबै क्षेत्रलाई समेट्दै बैंकले घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागि ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी साधनको लागि ‘गाडी तथा मोटरसाइकल कर्जा’ तथा व्यक्तिगत प्रायोजनको लागि ‘व्यक्तिगत कर्जा’ योजना ल्याएको हो । भदौ २७ गते देखि लागु भएको यस कर्जा योजनामा घर कर्जा ७.४८%, साना तथा मझौला उद्योग कर्ज

सम्बन्धित सामग्री

ग्लोबल बैंकको घर कर्जा योजना

ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको घर कर्जा योजना सार्वजनिक गरेको छ।...

३ महिनामै २७ अर्बले बढ्यो आवासीय घर कर्जा, जग्गा कारोबार पनि बढ्यो

२६ कात्तिक, काठमाडौं । पछिल्लो ३ घर बनाउन बैंकबाट ऋण लिनेहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुले दिने व्यक्तिगत आवासीय घर कर्जा करिब २७ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ रहेको व्यक्तिगत आवासीय घर कर्जा असोज मसान्तमा […]

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क घर कर्जा’ योजना

काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना कार्यक्रम ल्याएको छ । यो योजना अन्तर्गत बैंकले २० वर्षसम्मका लागि सरल र सुलभ ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने जनाएको छ । यस योजनामा नबिलले दुई स्थिर ब्याजदरमा सुलभ कर्जा ल्याएको छ । जसमा ७ वर्षका लागि प्रति वर्ष १०.९९ प्रतिशत र १० […]

विश्व वातावरण दिवसको अवसर पारेर नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’

नबिल बैंक लिमिटेडले 'दिगो घर कर्जा योजना' सार्वजनिक गरेको छ । विश्व वातावरण दिवस जून ५ तारिखको पूर्वसन्ध्यामा दिगो घर कर्जा योजनाको स्किम अघि सारिएको हो ।

नबिल दिगो घर कर्जा : बेस रेटमा १ प्रतिशत प्रिमियम

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा बैंकले यो योजना सार्वजनिक गरेको हो । आइतबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् । नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले […]

एनएमबि बैंकद्वारा १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोषणा

काठमाडौं, ६ चैत्र । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । उक्त नयाँ कर्जाले घरधनीहरूलाई कर्जाको स्थिर मासिक भुक्तानीको साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्याउने पनि बैंकले विश्वास लिएको छ । सो योजनाले लामो अवधिको लागि कम र अनुमानित ब्याज दर सुरक्षित गर्न मद्दत […]

अबदेखि एनएमबि बैंकले फिक्स्ड ब्याजदरमै घर कर्जा दिने

काठमाडौं, २२ साउन । एनएमबि बैंकले अब फिक्स्ड ब्याजदरमै घर कर्जा दिने भएको छ । अब घर कर्जा लिने ऋणीहरु निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने भएका छन् । एउटै ब्यादरमा घर कर्जा दिने एनएमबि बैंकले योजना ल्याएसँगै ऋणीहरु उक्त चिन्ताबाट मुक्त हुने बिश्वास लिएको छ । एनएमबि बैंकले प्रतिवर्ष ८.५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर […]

घर कर्जा लिँदै हुनुहुन्छ ? यस्तो छ प्रक्रिया

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर घर बनाउने चलन बढ्दो छ । घर निर्माण प्रयोजनका लागि नेपाल राष्ट्र बैंकको नीतिमा रहेर नेपालमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीले यस्तो प्रयोजनका लागि कर्जा दिने गरेका छन् । तपाईंले कर्जा लिएर घर निर्माण गर्ने सोच बनाउँदै हुनुहुन्छ भने कर्जा लिन बैंकहरू छानीछानी रोज्न सक्नुहुन्छ । राम्रो घर निर्माणका लागि कुनै सम्झौता गर्न नचाहे र त्यसका लागि आफूसँग अपुग बजेट भए घर निर्माणका क्रममा कर्जा लिनु उत्तम विकल्प मानिन्छ । तर, बैंक तथा वित्तीय संस्थाबाट पहिलो पटक कर्जा लिँदै हुनुहुन्छ भने तपाईंलाई यस्तो कर्जाबारे केही विषयको मोटामोटी जानकारी हुनु आवश्यक छ । सबैभन्दा पहिले त तपाईं आफ्नो घरको डिजाइन र यसका लागि आवश्यक बजेट तथा आफ्नो मासिक आम्दानीको अनुमान गर्नुहोस् । यसपछि तपाईंलाई थाहा हुन जरुरी छ, राष्ट्र बैंकको नीतिअनुसार नेपालमा वाणिज्य बैंक, विकास बैंक र सहकारी बैंकले घर कर्जा दिन पाउँछन् । सामान्यतया वाणिज्य बैंकको ब्याजदर सबैभन्दा कम र सहकारीको ब्याजदर सबैभन्दा महँगो हुने गरेको छ । तथापि तपाईं आफूलाई सहज हुने बैंकलाई लिन छनोट गर्न सक्ने सुविधा छ । तपाईंले घर निर्माणअघि नै आफ्नो मासिक आम्दानी र बजेटको अनुमान गरिसक्नुभएको हुन्छ । प्रथम पटक कर्जा लिँदै हुनुहुन्छ भने बैंकले तपाईंलाई ७० प्रतिशतसम्म, आवासीय घरका लागि ६० प्रतिशतसम्म र यसबाहेक अन्य हकमा बैंकले ५० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने गरेका छन् । तर बैंकले तपाईंको मासिक आम्दानीको ५० प्रतिशतसम्म मासिक किस्ता तिर्न सक्ने क्षमता भने हेर्छन् । यस कारण आफ्नो आम्दानीअनुसारको घरको बजेट निर्माण गर्न सकिन्छ । तपाईं घरमा कुनै सम्झौता गर्न चाहनुहुन्न भने बैंकले दिने अधिकतम समयअनुसार मासिक किस्ता निर्धारण गर्न सक्नुहुन्छ । बैंकहरूले कर्जा दिँदा सबैभन्दा पहिले तपाईंको आम्दानी हेर्छन् । तपाईंको आम्दानी जति बढी छ, सोहीअनुसार धेरै ऋण पाउने सम्भावना हुन्छ । यस्तो कर्जा लिन तपाईंले अनिवार्य आयस्रोत भने खुलाउनुपर्ने हुन्छ । सरकारलाई बुझाएको करचुक्ता प्रमाणपत्र पनि पेस गर्नुपर्ने हुन्छ । यति गरिसकेपछि कुन बैंकबाट ऋण लिने र कहाँबाट लिँदा सहज हुन्छ भन्ने कुरा तपाईं आफैंले निर्धारण गरिसक्नुपर्छ ।  विभिन्न समय बैंकहरूले घर कर्जामा विशेष छुट दिने गरेका छन् । कर्जा लिने सोचिसक्नुभएको छ भने त्यो समय कुन बैंकले कस्तो विशेष सुविधा दिइरहेको छ, बुझ्न नछुटाउनु राम्रो हुन्छ । ऋण दिन बैंकले तपाईंको सम्पत्ति धीतो राख्छन् । अब बैंकमा ऋणका लागि आवेदन बुझाउनुहोस् । आवेदनका साथमा तपाईंले नागरिकता, जमानत बस्नेसहितको आफ्नो वार्षिक आम्दानी र आम्दानीको स्रोतको विवरण, सरकारलाई बुझाएको आम्दानी कर, व्यवसाय दर्ता प्रमाणपत्र, सम्पत्तिको कर तिरेको रसिद, व्यवसाय दर्ता प्रमाणपत्र, सम्पत्तिको कागजपत्र, धितो बन्धक राख्ने सम्पत्तिमै घर निर्माण गर्न लागिएको भए निर्माणको इजाजत पत्र, जग्गाको लालपुर्जा, आम्दानीको स्रोत, वैदेशिक रोजगारी भए पासपोर्टको र तलबी प्रमाणपत्र एवं बैंकिङ स्टेटमेन्ट र बैंकको नीतिअनुसार अन्य कागजात पेस गर्नुपर्दछ । घर कर्जा लिन तपाईंको विवरणले मात्रै पुग्दैन । कर्जा लिँदै गर्दा बस्ने जमानीकर्ताले पनि कर्जाका लागि आफ्नो व्यक्तिगत सम्पत्ति र दायित्वको प्रमाणपत्र, नागरिकता, लालपुर्जा, करचुक्ता प्रमाणपत्र तथा बैंकिङ स्टेटमेन्ट पेस गर्नुपर्दछ । दुवैको दुई कान देखिने पासपोर्ट साइजको फोटो आवश्यक पर्छ । अब यति भएपछि बैंकले तपाईंलाई कर्जा दिने कि नदिने भनेर निर्णय गर्छन् । यदि बैंकले तपाईंको आवेदन स्वीकृत गरे प्रस्ताव–पत्र उपलब्ध गराउँछन् । यसमा सर्तहरू राखिएका हुन्छन्, जुन अनिवार्य अध्ययन गर्नुहोस् । तपाईंले ती सर्त पूरा गर्न सक्नुभएन भने जिन्दगीभरको कमाइ बैंकिङ लिलामीमा डुब्न सक्छ । सर्तमा ढुक्क भएपछि मात्र हस्ताक्षर गर्नुहोस् । त्यसपछि तपाईंको घर कर्जा स्वीकृत हुन्छ । (नबिल बैंकका नायव महाप्रबन्धक मनोजकुमार ज्ञवालीसँगको कुराकानीमा आधारित)