यमनी जेलमा हवाई आक्रमण, सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी, ८ माघ। यमनी जेलमा भएको हवाई आक्रमणमा सय जनाभन्दा बढीको मृत्यु भएको छ । आक्रमणमा दुई सय जनाभन्दा धेरै घाइते भएका उद्धारकर्ताले बताएका छन् । उद्धारकर्मीले आक्रमणपछि ध्वस्त भएका जेलका भवनबाट क्षतविक्षत शव निकालेर थुपार्दै गरेका तस्बिर सार्वजनिक भएका छन् । सादा सहरका दुई अस्पतालमा उनीहरुको उपचार भइरहेको र गम्भीर घाइतेको सङ्ख्या धेरै भएकाले […]

सम्बन्धित सामग्री

पाकिस्तानद्वारा इरानस्थित ‘आतङ्कवादी आश्रयस्थल’मा हवाई आक्रमण

इस्लामावाद, ४ माघ । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतङ्कवादी लुकेका स्थानहरूलाई लक्षित गरी शृङ्खलाबद्ध […]

इजरायलद्वारा गाजामा हवाई आक्रमण, दर्जनौँको मृत्यु

हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजा पट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौंको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरु घाइते भएको बताएको छ । इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो । पछिल्लो केही घण्टामा ३७ जनाको ज्यान गएको बताइएको छ । […]

किभसहित युक्रेनका अन्य शहरहरुमा हवाई आक्रमण

युक्रेनका कयौं शहरहरुमा हवाई आक्रमण भएको छ। ‘एयर रेड’ का कारण हालसम्म दुईजनाको मृत्यु भएको र पाँचजना घाइते भएको अलजजिराले उल्लेख गरेको छ। राजधानी किभसँगै अन्य शहरहरुमा हिजो राति देखि नै हवाई आक्रमण भइरहेको छ। आक्रमणका कारण ठूला भवनहरुमा क्षति पुगेको भिडियोहरु सार्वजनिक भइरहेका छन्। किभले भने आफूहरुको एयर डिफेन्स…

विद्यालयमा हवाई आक्रमण, १३ को मृत्यु

म्यान्मारको मध्य उत्तर क्षेत्रको एक विद्यालय र गाउँमा सेनाले हेलिकोप्टरबाट गरेको गोलाबारीमा सात बालबालिकासहित १३ को मृत्यु भएको सहायताकर्मीहरूले बताएका छन् ।  गत शुक्रबार सागाङ क्षेत्रको एउटा विद्यालयमा सेनाले हेलिकोप्टरबाट गाउँ र...

सर्वसाधारण बसेको शिविरमा हवाई आक्रमण, ५६ जनाको मृत्यु

काठमाडौं : इथियोपियामा सशस्त्र संघर्षका कारण विस्थापित भएकाहरु बस्ने एक शिविरमा हवाई आक्रमण हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ। उत्तरी इथियोपियाको टिग्रे प्रान्तमा भएको आक्रमणमा अरु कम्तीमा ३० सर्वसाधारण घाइते भएको अधिकारीहरुले जनाएका छन्। त्यस क्षेत्रमा संघर्ष गरिरहेको टिग्रेयन लिबेरशन फ्रन्ट टीपीएलएफका प्रवक्ता गेटाचेव रेडाले ट्वीट गर्दै युद्धका कारण विस्थापित भएका सर्वसाधारणहरुले आश्रय लिइरहेको शिविरमा सरकारी फौजले हवाइ आक्रमण गरेको बताएका छन्। उनले शिविरमा प्रधानमन्त्री अबी

काबुलमा अमेरिकाद्धारा हवाई आक्रमण, एकै परिवारका ९ जनाको मृत्यु

एजेन्सी, १४ भदौ । अमेरिकी सेनाले काबुलमा हवाई आक्रमण गरेको छ । आक्रमण आइतबार भएको सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । आक्रमणमा एकै परिवारका ९ सदस्यको मृत्यु भएको सञ्चारमाध्यम तासले लेखेको छ । आइएसको सवारी साधन लक्षीत गरी अमेरिकी हवाई सेनाले आइतबार ड्रोन हमला गरेको थियो । हमला हुनु अगाडी अमेरिकी राष्ट्रपति जो वाइडेनले आउने २४ […]

अमेरिकी सेनाद्वारा ड्रोन आक्रमण, काबुल एयरपोर्ट आक्रमणका योजनाकार निशानामा

अफगानिस्तानमा अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध हवाई आक्रमण गरेको छ । बिहीबार काबुल एयरपोर्ट बाहिर भएको आक्रमणलगत्तै अमेरिकी सेनाले ड्रोनमार्फत आईएसविरुद्ध हवाई आक्रमण गरेको हो । काबुल एयरपोर्टमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।हवाई आक्रमण इस्लामिक समूहका योजनाकारलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरिएको  अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । काबुल एयरपोर्ट बाहिर भएको हमलाको जिम्मेवारी आईएस– केले लिएको छ

अफगानिस्तानमा हवाई आक्रमण, कम्तीमा ३० तालिबानी लडाकूको मृत्यु

सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सबै जना तालिबान लडाकूहरू रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरूले पुष्टि गरेका छन् ।  घटनामा अरू १७ जना घाइते समेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । शुक्रवार दुई प्रान्तमा घटना भएको जनाइएको छ ।  देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकूहरूको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरूले हवाई आक्रमण गरेका थिए ।...

अफगानिस्तानमा हवाई आक्रमण : कम्तीमा तीस तालिवानको मृत्यु

सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् ।  घटनामा परी अरु १७ जना घाइते समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकुहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले

एकाबिहानै इजरायलले गर्यो प्यालेस्टाइनमाथि ८० पटक हवाई आक्रमण

बीबीसी। प्यालेस्टाइन चरमपन्थी र इजरायली सेनाबीचको संघर्ष एक सातापछि पनि जारी रहेको छ। आज बिहानै इजरायलले गाजा क्षेत्रमा ८० पटक हवाई आक्रमण गरेको छ। यसअघि प्यालेस्टाइन चरमपन्थीले दक्षिण इजरायलमा रकेट आक्रमण गरेका थिए। प्यालेस्टाइनीहरुले आइतबारलाई सबैभन्दा ‘खू्रनी दिन’ बताएका छन्। आइतबार इजरायलको हवाई आक्रमणमा ४२ जना प्यालेस्टाइनीको मृत्यु भएको थियो। मृत्यु हुनेमा १६ जना महिला र १० जना बालबालिक छन्।