मुडुखु नाकाबाट ओखरपौवासम्म फोहर बोक्ने गाडीलाई टाइमकार्ड

काठमाण्डाै - काठमाण्डाैकाे मुडुखु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहर बोक्ने गाडीलाई आज शनिवारदेखि टाइमकार्ड लागू गरिएको छ ।  दुर्घटनाको जोखिम हुने गरी तीव्रगतिमा गाडी चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आएपछि काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाण्डाै महानगरपालिकाको संयुक्त पहलमा फोहर बोक्ने गाडीमा आजदेखि टाइमकार्ड लागू गरिएको हो । मुडुखु नाकामा चालकलाई टाइमकार्ड दिइने र पालना भए/नभएको जाँच तीनपिप्ले र ओखरपौवा चेकपोष्टले गर्ने भएकाे छ ।  ...