श्रममन्त्री श्रेष्ठद्वारा श्रमिकको गुनासो सुनेर मन्त्रालयमा काम शुरू

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफ्नै मन्त्रालयका श्रमिकको गुनासो सुनेर कार्य शुरूआत गरेका छन् । मन्त्री श्रेष्ठले आइतवार मन्त्रालयमा कार्यालय सहयोगी, सफाइ कर्मचारी र चालकको गुनासो सुनेका हुन् । दशैंपछि कार्यालय खुलेको पहिलो दिन मन्त्री श्रेष्ठले मन्त्रालयका तल्लास्तरका श्रमिकको समस्याबारे चासो राखेका सचिवालयले जनाएको छ । सो क्रममा श्रमिकले आफूहरूको महंगी भत्ता काटिएको, तलब थोरै भएकोलगायत गुनासो राखेका थिए । मन्त्री श्रेष्ठले समस्या सुनेलगत्तै आफू श्रमजीविको पक्षमा काम गर्नकै लागि जिम्मेवारीमा आएको भन्द...