त्रिभुवन आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरी

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब र किर्गिस्तानको यु–२३ टोलीबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही बेरअघि सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोलीले निर्धारित समयमा गोल गर्न सकेनन् । त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न नेपाल आएको किर्गिस्तानको यु–२३ टोलीले आर्मी क्लबसित मैत्रीपूर्ण खेल खेलेको हो । दुवै टोलीबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । दुवै टोलीले गोल गर्ने मौका पाए पनि सफल भने हुन सकेनन् । खेलको पहिलो मिनेटमा नै आर्मीका नवयुग श्रेष्ठले गोलपोष्टमा हानेको बल किर्गिस्तानका गोलकिपर प्रिएदकिन अर्तेमले रोके । यस्तै खेलको २६औँ मिनेटमा किर्गिस्तानका तर्फबाट अभिलोभ अर्नाजले गोल गर्ने उत्कृष्ट मौका गुमाए । मध्यान्तरअघिको खेल सकिनै लाग्दा आर्मीका विवेक बस्नेतले गोल गर्ने प्रयास गरेका थिए । तर उनी गोल गर्नबाट चुके । यसैगरी खेलको ७३औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठ गोल गर्नबाट वञ्चित भए । यस्तै किर्गिस्तानले खेलको ८६औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । उक्त प्रयास असफल भयो । मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीबाट गोलका प्रयास भएका थिए । किर्गिस्तान त्रिदेशीय प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा किर्गिस्तान बंगलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो । आफ्नै खेलाडीले आत्मघाती गोल गरेपछि किर्गिस्तान पराजित हुन पुगेको हो । नेपालले किर्गिस्तान र बंगलादेशसित गोलरहित बराबरी खेलेको थियो । नेपालले अब सोमबार बंगलादेशसँग दशरथ रंगशालामा फाइनल खेल खेल्ने छ । उक्त खेल साँझ ५ बजेर ३० मिनेटमा सुरु हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सम्बन्धित सामग्री

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

धरान– इटहरीमा जारी १४औँ इटहरी गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । गएराति इटहरीमा भएको खेलमा साबिक विजेता सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु […]

नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा त्रिभुवन आर्मी अपराजित

तनहुँ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माविमा जारी महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राखेको छ। असोज २८ गतेदेखि सुरु प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको हो। फुलकोर्र्ट र थ्री बाई थ्री गरी चार खेल खेलेको त्रिभुवन आर्मी क्लबले चारवटै खेलमा विजय हासिल गरेको […]

पुरुष क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लव फाइनलमा प्रवेश

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार तय सुदुरपश्चिमविरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । गयराति परेको भारी वर्षाका कारण मैदान खेल्न अयोग्य हुँदा पहिलो सेमिफाइनल रद्द भएको हो । खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट […]

'ए' डिभिजन लिग : त्रिभुवन आर्मी र एपीएफ तथा फ्रेन्ड्स र एनआरटी खेल्दै

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् ।  आज त्रिभुवन आर्मी र एपीएफ क्लब  तथा फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्दै छन् । खेल दशरथ रङ्गशालामा हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब खेल्ने छन् । यस्तै, आजै हुने अर्को खेलमा बेलुका पौने ५ बजे फ्रेन्ड्स क्लब र न्युरोड टिम (एनआरटी) खेल्ने छन् ।

बेंगलुरुसँग खेल्न त्रिभुवन आर्मी आइतबार भारत जाने

२८ चैत काठमाडौं । एएफसी कप २०२१ अन्तर्गत प्रारम्भिक छनोटको दोस्रो चरणको खेल खेल्न त्रिभुवन आर्मी फुटबल क्लब आइतबार भारत जाने भएको छ । नेपाली सेनाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपरथी निरन्जन श्रेष्ठको नेतृत्वमा आर्मी टिम २९ गते भारतको गोवा जाने जनाएको छ । आर्मीले दोस्रो चरणको खेल अप्रिल १४ तारिखमा इन्डियन सुपर लिग […]

किर्गिस्तान र त्रिभुवन आर्मी फुटबल क्लबले आज खेल्दै

१५ चैत, काठमाडौं । एएफसी कप प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले किर्गिस्तानको ओलम्पिक टिमसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालमा त्रिदेशीय कप खेल्न आएको किर्गिस्तानसँग आर्मीले मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिँसो ३:३० बजे खेल सुरु हुनेछ । त्रिदेशीय कपमा किर्गिस्तान फाइनल […]

कीर्गिस्तान र त्रिभुवन आर्मी आज भिड्दै, प्रवेश निशुल्क

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी थ्री नेशन्स कप खेल्न आएको कीर्गिस्तानले त्रिभुवन आर्मी फुटबल क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। प्रतियोगितामा एक पराजय र एक बराबरी खेलेको कीर्गिस्तानी यू २३ टोली फाइनल पुग्न असफल भयो। पहिलो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको कीर्गिस्तान दोस्रो खेलमा नेपालसँग…

महिला लिगमा एपीएफ र त्रिभुवन आर्मी क्लबबीच अन्तिम खेल हुँदै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज अन्तिम खेल हुँदैछ । दिउँसो २ बजे दशरथ रङ्गशालामा एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेल हुँदै छ । एपीएफले लिगको उपाधि जितिसकेको छ भने आर्मी उपविजेता बनिसकेको छ ।  डबल राउण्ड रोबिनको आधारमा सुरु भएको खेलमा ७ समूह सहभागी भएका थिए । प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।  यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० ...

राष्ट्रिय महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ । यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २  बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ । एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।