दुई पाङ्ग्रे सवारीको अन्तःशुल्क परिर्वतन हुँदा उपभोक्ता मारमा (सूचीसहित)

सरकार परिर्वतन भएसँगै दुई पाङ्ग्रे सवारी (मोटरसाइकल-स्कुटर) मा सरकारले कायम गर्ने अन्तःशुल्कका कारण प्रयोगकर्तालाई व्ययभार थपिएको छ । गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आर्थिक विधेयकको एउटा व्यवस्था रहेकोमा अहिलेका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्स्थापन विधेयकमार्फत अन्तःशुल्क बढाएसँगै यस्तो व्ययभार थपिएको हो ।  सबैभन्दा बढी उपयोग हुने मोटरसाइलकै अन्तःशुल्क बढाएपछि यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको हो । आर्थिक सर्वेक्षण २०७७-०७८ अनुसार ०७७ को फागुनसम्म कुल ३९ लाख ८७ हजार २ सय ६७ मध्ये दुई पाङ्ग्रे...