सातै प्रदेशमा सरकारी मेडिकल कलेज खाेल्ने प्रस्ताव 'क्याबिनेट' मा पुगेकाे छ : मन्त्री पाैडेल

काठमाण्डाै – सरकारले सबै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याबिनेट (मन्त्रिपरिषद्) मा पेस गरिएको जानकारी दिनुभएको हो । उहाँले खरबाैँ रुपैयाँ रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गर्नुपरेको पनि स्पष्ट पार्नुभयो ।  नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज बिहीवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्...