सर्वोच्चका न्यायाधीशहरु ४० दिनपछि आन्दोलन छाडेर काममा फर्किए

काठमाडौँ – सर्वोच्च अदालतमा ४० दिनपछि मुद्दाको नियमित सुनुवाइ भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिस्कार गरेको ४०औँ दिनमा उनीहरु नियमित काममा फर्किएका हुन्। बुधबारदेखि गोलाप्रथाबाट दैनिक पेशी तोकिए पनि न्यायाधीशहरुले बिहीबारसम्म इजलासमा फर्किएका थिएनन्। शुक्रबार गोलाप्रथाबाट १० वटा इजलास तोकिएको थियो। सबै इजलासमा मुद्दा सुनुवाइ भएको सर्वोच्च प्रशासनले जनाएको छ। […]