भक्ति थापा राष्ट्रिय विभूतिमा समावेश, यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु

असार १६, काठमाण्डौ । सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । […]