लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

बुटवल / लुम्बिनी प्रदेश कामचलाउ सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेकाे छ । कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषदको बैठक राखेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको बुझिएकाे छ । अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो । The post लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस appeared first on Purbeli News.

सम्बन्धित सामग्री

शुक्रबार मध्यरातपछि लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य हुँदै

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । । चालु अधिवेशन तीन …

लुम्बिनी प्रदेशसभा अन्त्य

बुटवल । लुम्बिनी प्रदेशको प्रदेशसभा अधिवेशन अन्त्य गरिएको छ । आइतबार दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेशसभा मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेख प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन् ।