दार्चुलामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

दार्चुला– आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा  बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी  प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने एमालेका उम्मेदवार […]

सम्बन्धित सामग्री

पाँचथरमा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

पाँचथर । पाँचथरमा प्रतिनिधि सभातर्फ लोकतान्त्रिक वाम गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार भिष्मराज आङदेम्वेले नेकपा एमालेका उम्मेदवार बसन्त कुमार नेम्वाङलाई २ सय ३१ मतले पछाडि पार्नुभएको छ । बुधबार बिहानसम्म आङदेम्वेले ६ हजार ९ सय ६१ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएकाे हाे । एमालेका उम्मेदवार नेम्वाङले भने ६ हजार ७ सय ३० मत प्राप्त गरेर […]

सर्लाही–३ मा सत्ता गठबन्धनबाट माओवादीका साह र एमालेका उप्रेतीबीच प्रतिस्पर्धा

सर्लाही – सर्लाही क्षेत्र नम्बर ३ मा सत्तापक्षीय गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह र विपक्षी गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्तापक्षीय गठबन्धन दलका उम्मेदवार साह र विपक्षी दलका उम्मेदवार उप्रेती दुवै संविधान सभाका पूर्वसदस्य हुनुहुन्छ । सत्ता गठबन्धन दलका उम्मेदवार साह २०७० को दोस्रो संविधान सभा चुनावमा तराई–मधेस सद्भावाना पार्टी (तमसपा) को समानुपातिक...

सहयात्री बिच मुख्य प्रतिस्पर्धा हुँदै

२०७४ को निर्वाचनमा वाम–गठबन्धन हुँदा चुनावी सहयात्री बनेका एमालेका नगिन्द्र शाही (नेशनल) र नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी?

काठमाडाैँ – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम-लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई‘पासाङ’ र एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट […]

खोटाङमा गठबन्धन र एमालेबीच  मुख्य प्रतिस्पर्धा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा  क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित भएका थिए । विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई विसं २०७० र

सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा

कावासोती – आसन्न चुनावमा पूर्वी नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो एमालेको विरासत भत्काएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् भने एमालेका महत आफ्नो पुरानो विरासत […]

दार्चुला : सत्ता गठबन्धन र एमालेका उम्मेदवार बीच मुख्य प्रतिस्पर्धा

काठमाडौँ,२४ कार्तिक । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू र नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने […]

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

शहीद दशरथ चन्दको जन्मभूमि बैतडीमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । चार पटक मुलुकको कार्यकारी पद सम्हाल्नुभएका पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्लासमेत रहेको बैतडीमा उनको पार्टीको अवस्था भने कमजोर छ । सत्ता गठबन्धनबाट बैतडीमा नेकपा (माओवादी केन्द्र) का नरेन्द्रबहादुर कुँवर चुनावी मैदानमा रहेका छन् । कुँवरसित एमालेका दामोदर भण्डारीले प्रतिस्पर्धा गर्दै छन् ।  &nb

तुलसीपुर उपमहानगर : गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा

दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा देखिएको छ । सुरुवातमा एमाले अघि थियो । त्यसलाई उछिन्दै अहिले गठबन्धन अघि छ । ९ हजार ६ सय २५ मत गन्दा...

हेटौँडा उपमहानगरमा कडा प्रतिस्पर्धा, पछिल्लो मत परिणाममा गठबन्धन अगाडि

हेटौंडा – हेटौँडा उपमहानगरपालिकामा गठबन्धन अगाडि छ । गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले ५ हजार ८५० मत ल्याउँदा राप्रपाका दीपकबहादुर सिंहले ५ हजार ४ सय ५८ पाउनुभएको छ । एमालेका अनन्त पौडेलले ४ हजार ८ सय ३१ मत ल्याउनु भएको छ । हेटौँडामा गठबन्धन, एमाले र राप्रपाको कडा प्रतिस्पर्धा देखिएको छ ।