राष्ट्रिय जनमोर्चा देउवा नेतृत्वको सरकारमा सहभागी नहुने

काठमाडौँ : पाँच दलीय गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । जनमोर्चा केन्द्रीय कार्यालयको बैठले सरकारलाई समर्थन गर्ने देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय  गरेको छ ।  'ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृ…

सम्बन्धित सामग्री

चोलेन्द्रमाथिको महाभियोग निष्प्रभावी हुँदैन : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चा नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी हुन नसक्ने बताएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै जबरामाथिको महाभियोग प्रस्तावमा संघीय संसदका महासचिवले क्लिन चिट दिँदै सर्वोच्च अदालतलाई पठाएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।‘छानबिनको प्रतिवेदन प्रतिनिधिसभाको बैठकमा प्रस्तुत नगरी त्यसमाथि कुनै छलफल नै नगरी महाभियोग निष्प्रभावी गर्न मिल्दैन’जनमोर्चाले भनेको छ, &lsquo

राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनबाट बाहिरिनुलाई के भन्नुहुन्छ ?

राष्ट्रिय जनमोर्चा पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको छ । आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा असन्तुष्टि जनाउँदै राजमो गठबन्धनबाट बाहिरिएको हो । गठबन्धनमा कांग्रेस, माओवादी नेकपा समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँचवटा दल थिए । सदनमा एक सांसद रहेपनि जनमोर्र्चा सरकारमा सहभागी भने थिएन ।

राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग

काठमाडौं, १६ फागुन । राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । जनमोर्चाको आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो । बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले प्रेस विज्ञप्ति जारी गरी एमसीसी संसदबाट षड्यन्त्रमूलक ढंगले पास गरी देशको सार्वभामिकता र अखण्डतामाथि आँच पुर्याएकाले अलग भएको उल्लेख गरेका छन् । केसीले गठबन्धनको औचित्य समाप्त […]

राष्ट्रिय जनमोर्चा विभाजित

काठमाडौं, माघ १६ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ। भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन […]

राष्ट्रिय जनमोर्चा विभाजित

राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ।भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो। जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्य थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहा

राष्ट्रिय जनमोर्चा एमालेमा समाहित !

जिल्लामाा राष्ट्रिय जनमोर्चा दैलेख जिल्ला कमिटी एमालेमा समाहित भएको छ ।

राष्ट्रिय जनमोर्चा मकवानपुरको विस्तारित बैठक सम्पन्न

हेटौँडा । राष्ट्रिय जनमोर्चा मकवानपुरको विस्तारित बैठक २०७७ चैत १४ गते शिखरकोटको विकासघरमा सम्पन्न भएको छ । अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा अखिल नेपाल शिक्षक सङ्घ मकवानपुरका अध्यक्ष कृष्णबहादुर विष्ट, अखिल नेपाल महिला सङ्घ मकवानपुरका अध्यक्ष मीरा खड्कालगाएतको आतिथ्यता रहेको थियो । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ, भ्रष्टाचारका विरुद्ध सङ्घर्ष गरौँ मूल नाराका साथ बुटवलमा सम्पन्न हुन गइरहेको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन सफल पार्ने सिलसिलामा सो कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा मकवानपुरबाट सहभागी हुने प्रतिनिधिहरूको छनोट, सम्मेलनलाई सफल बनाउन प्रचार प्रसार, पर्चा वितरण, भेटघाट सदस्यता वितरण, आर्थिक अभियानलगायतका कामलाई क्षेत्रगत रूपमा विभाजन गरिएको जानकारी दिइएको छ । राष्ट्रिय जनमोर्चा मकवानपुरका सचिव दिनेश विष्टको सञ्चालन र राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष निरबहादुर सिन्तानको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

दाङ बङ्गलाचुलीको गाउँगाउँमा राष्ट्रिय जनमोर्चा पुग्दै

दाङ । राष्ट्रिय जनमोर्चा बङ्गलाचुली गाउँपालिकाले पालिकाभित्रका सबै गाउँ र टोलटोलमा राष्ट्रिय जनमोर्चाका समिति बनाउने योजना बनाएको छ । पालिका अध्यक्ष सुमन घर्तीको अध्यक्षता र जिल्लाध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यतामा बसेको बैठकले उक्त कार्यक्रमको तर्जुमा गरेको हो । सो कार्यक्रमअन्तर्गत बङ्गलाचुली–६ को रिभान, तिमिले, सिउडे, गद्दारी र वडा नम्बर ३ को दाङबाङमा भेटघाट तथा छलफल गरी नयाँ योजना तर्जुमा भएका राजमोका पालिका अध्यक्ष घर्तीले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्रका विभिन्न समस्याका बारेमा पनि पार्टीले जनतालार्इ सुसूचित पार्ने काम गरिने भएको छ । त्यस्तै, वडा नम्बर ६ का सबै गाउँ चुनढुङ्गा उत्खननको नाममा पूरै खण्डहर र मरुभूमिजस्तो बनाइएकोमा त्यसबारेमा पनि राष्ट्रिय जनमोर्चाले जनतालाई सुसूचित गराउने सिलसिला यथावत राख्ने भएको छ ।

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्वारा दुई ठाउँमा कोणसभा सम्पन्न

नवराज पौडेल/तौलिहवा । राष्ट्रिय जनमोर्चा कपिलवस्तुले मघ ७ गते जिल्लाको दुई ठाउँमा कोणसभा सम्पन्न गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ११ र वडा नं. ४ मा कोणसभा सम्पन्न भएको राजमो कपिलवस्तुले जनाएको छ । शिवराज नगरपालिका वडा नं. ११ को थुनियागाउँमा भएको कोणसभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य केरसिंह अदैले सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेको बताउनुभयो । प्रतिनिधि सभाको पुनःस्थापना एक मात्र विकल्प रहेको बताउँदै उहाँले सङ्घीय व्यवस्थाले गर्दा करवृद्धि, महङ्गी, विखण्डन निम्ताएको भन्दै खारेज गर्नुपर्ने बताउनुभयो । त्यस्तै, शिवराज नगरपालिका वडा नं. ४ को वसन्तपुर चोकमा भएको कोणसभालाई अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला सदस्य छन्दबहादुर केसीले सम्बोधन गर्दै प्रचण्ड, केपीको आन्तरिक लडाइले देश अधिनायकवादतर्फ जान लागेकाले राजावादीहरूले गुमेको सत्ता फिर्ता लिन जोडबल गरेको बताउनुभयो । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले गर्नुभएको थियो । सो अवसरमा दुवै ठाउँमा पर्चा वितरण, जनभेटघाट पनि गरिएको थियो ।

राष्ट्रिय जनमोर्चा १ नं. प्रदेश समिति पुनर्गठन

काठमाडौँ । राष्ट्रिय जनमोर्चा १ नं. प्रदेश समिति पुनर्गठन भएको छ । राजमो केन्द्रीय कार्यालयले सो जानकारी दिएको हो । पुनर्गठित समितिमा अध्यक्ष अमृत पाण्डे (सुनसरी), उपाध्यक्षमा हरिकान्त शर्मा (मोरङ), सचिवमा विशाल दर्लामी (सुनसरी) र कोषाध्यक्षमा बबिन बान्तवा (इलाम) रहनुभएको छ । त्यसैगरी, समितिको सदस्यहमा हेमकुमार गुरुङ (सङ्खुवासभा), लिलकुमार राई (उदयपुर), तुलमान राई (धनकुटा), हरिलाल अधिकारी (सुनसरी) र कल्पना आचार्य राई (मोरङ) रहनुभएको छ ।