राष्ट्रपतिद्वारा संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान, भोलि साँझ ५ बजेसम्मको समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्नका लागि पत्र पठाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई भोलि साँझ ५ बजेसम्मको समय दिएकी छन् । The post राष्ट्रपतिद्वारा संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान, भोलि साँझ ५ बजेसम्मको समय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

संविधानको धारा ७६(५) सांसदहरुका लागि विशेषाधिकारः वरिष्ठ अधिवक्ता श्रेष्ठ

काठमाडौँ – संविधानको धारा ७६ (५) सरकार गठनका सम्बन्धमा सांसदहरुका लागि संविधानले नै व्यवस्था गरेको विशेष अधिकारी रहेको वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको विषय केन्द्रित बहसको क्रममा बिहीबार वरिष्ठ अधिवक्ता श्रेष्ठले धारा ७६ को उपधारा ५ बमोजिम सांसदहरूले विशेष अधिकार प्रयोग गरेर सरकार गठन गर्नसक्ने बताएका हुन् । […]

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा १२ वटा रिट पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अनुरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा १२ वटा रिट पेस भएका छन् । संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरु […]

बजेटका लागि समय नभएकाले ७६ (५) मा जानु परेको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन प्रक्रियामा जानुको कारण खुलाएका छन्। बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत पाउने अवस्था नभएको र विश्वासको मतको प्रक्रियामा जाँदा बजेट प्रभावित हुने भएकाले संविधानको धारा ७६ (५) अन्तर्गतको नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको स्पष्टीकरण दिए। ‘जेठ १५ भित्रै…

सर्वोच्चमा नयाँ सरकार गठन आह्वानविरुद्ध एक दर्जन बढी रिट

काठमाडौं : सर्वोच्च अदालतमा राष्ट्रपतिले आह्वान गरेको नयाँ सरकार गठनविरुद्ध एक दर्जन रिट पेस भएको छ। रिटमा सरकार गठन आह्वानको निर्णय बदर र तत्कालै कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ। यद्यपि, १२:३० बजेसम्म एउटा पनि दर्ता भएको छैन। राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक प्रक्रिया मिचेर धारा ७६ (५) अनुसार नयाँ सरकार…

प्रधानमन्त्री र राष्ट्रपतिको अर्को असंवैधानिक कदम

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अचानक संविधानको धारा ७६ (५) अनुसारको सरकार गठन प्रक्रिया सुरु गरेर अर्को असंवैधानिक कदम चालेकी छन्। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेका ओलीले विश्वासको मतमा पराजित भएमा वा राजीनामा गरेमा मात्र धारा ७६ (५) को प्रक्रिया सुरु हुनुपर्छ। अचानक बिहीबार मन्त्रिपरिषद् बैठक बसाई नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रधानमन्त्री ओलीले गरेको सिफारिस सदर गर्दै राष्ट्रपति भण्डारीले शुक्रबार अपराह्न ५ बजेभित्र सरकार दाबीका

नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न प्रधानमन्त्रीले पठाए राष्ट्रपतिलाई पत्र

जेठ ६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसमक्ष अनुरोध गरेका छन् । आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै ओलीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई प्रक्रिया सुरु गर्न भनेका हुन् । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै उनले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध […]