काठमाडौं : पछिल्लो समय देशमा पेशागत अस्पताल बनाउने लहर चलेको छ। शिक्षक अस्पताल, श्रमिक अस्पताल बनाउने सरकारको योजना अहिले चर्चामा छन्। गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल बनाउने घोषणा गरेको थियो। हाल श्रमिक अस्पताल निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको छ। श्रम मन्त्रालयका सह-सचिव दिपक काफ्लेको संयोजकत्वको समितिले सो विषयमा अध्ययन गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए। कहाँ, कसरी निर्माण गर्ने, व्यवस्