कर्मचारी व्यबस्थापन हुन्छ: मन्त्री बराल

गण्डकी, २९ कात्तिक: गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उनले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक […]

सम्बन्धित सामग्री

शान्ति प्रक्रिया नटुंगिए देशमा द्वन्द निम्तिन सक्छ : मन्त्री बराल

कास्की । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले शान्ति प्रक्रिया नटुंगिए देशमा द्वन्द निम्तिन सक्ने बताउनु भएको छ । निजामती सेवा दिवसको अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति कास्कीले मंगलबार पोखराको शहिद स्मृति आवासिय माविमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गर्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । शान्ति प्रक्रिया नटुङगिदासम्म […]

८० प्रतिशत बजेट कार्यान्वयन गर्नुहोस् : मन्त्री बराल

पर्वत । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले चालू आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलवार पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री बरालले सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी न्यूनतम ८० प्रतिशत बजेट कार्यान्वयन हुनेगरी काम गर्न प्रादेशिक कार्यालयलाई निर्देशन दिएका हुन् । अर्थ मन्त्रालयका सचिव वैकुण्ठप्रसाद अर्यालले पाँचौं महीनामै रकमान्तर गर्न नहुने बताए । तेस्रो चौमासिकमा मात्र अवस्था हेरी रकमान्तर गर्न सकिने उनको भनाइ थियो । पर्वतको संक्षिप्त कार्य प्रगति पेश गर्दै सचिव अर्यालले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पर्वतमा सडकतर्फ ८ प्रतिशत, भवनतर्फ ३ प्रतिशतमात्र खर्च भएको बताए । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख कृष्ण आचार्यले कार्यक्रम योजना कार्यान्वयनमा द्वन्द्व, १० लाखभित्रका ५१ ओटा योजना, कर्मचारी अभाव र दशैंसम्म पानी परेकाले बजेट कार्यान्वयनमा कठिनाइ भएको बताए । रकमान्तर सहित थप ८ करोडको दायित्य सृजना भएको उनको भनाइ थियो । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शम्भुकुमार सिन्हाले २ लाखदेखि २० लाखका ८३ ओटा योजना रहेको बताए । शीप विकास कार्यालयका प्रमुख सन्तोष पौडेलले तालीमहरू बजार केन्द्रित भएको गुनासो गरे । यस्तै कृषि ज्ञान केन्द्र पर्वतका अधिकृत आशिष पाण्डेले गतवर्ष साना सिँचाइ योजनामा ४ करोड बजेट रहेकोमा यस वर्ष करीब ७० लाख मात्र परेको बताए । स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले १८ वर्षमाथिका करिब ८१ प्रतिशतलाई कोरोना विरुद्धको खोपको पहिलो मात्रा उपलब्ध गराइएकोे जानकारी दिए । कोभिडविरुद्धको खोप व्यवस्थापनका लागि अनुकूल तापक्रमसहितको भण्डारण कक्षको आवश्यकता उनले औंल्याए । जिल्ला आयुर्वेदिक अस्पतालका प्रमुख डा. किरण कमल बस्ताकोटीले लेखा अधिकृत नभएको, सवारीसाधनको अभाव भएको गुनासो गरे कार्यालय भवन नै जीर्ण भएको उनले बताए । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पर्वतका कार्यालय प्रमुुख थलबहादुर तामाङले विभन्नि योजनामा श्रमदान शून्यजस्तै भएको बताए । विभिन्न संघसंस्था र तीन तहका सरकारबीच समन्वय समेत नमिलेको गुनासो समेत उनले गरे । पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अधिकांश कार्यालयमा कर्मचारी अभाव, सवारीसाधनको अभाव, विनियोजित बजेट कम भएको तथा साना र धेरै योजना समेटिएको गुनासो गरेकी छिन् । प्रहरी चौकी कार्यालयसहितका भौतिक संरचनामा प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने प्रजिअ खत्रीले बताइन् ।

छिट्टै कर्मचारी व्यबस्थापन हुन्छ– मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उहाँले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने, “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठ