जसपाका दुई धार : बलेको आगो ताप्ने कि बालेर ताप्ने ?

केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका विषयमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपालका नेताहरू शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने सन्दर्भमा एकै ठाउँ उभिए । यद्यपि जसपाका दुवै धारबीच एकताको सम्भावना भने तत्काल देखिएको छैन ।महन्थ ठाकुर नेतृत्वको जसपाले ‘बलेको आगो ताप्ने’ नीति अख्तियार गर्दै केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सामेल भएको थियो । तर त्यतिबेला जसपा नेपालकै उपेन्द्र यादव नेतृत्वको पक्षले भने प्रतिगमनकारी सरकारमा सामेल हुन नहुने भन्दै काँग्