यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्दै सार्वजनिक सवारी साधन सञ्चालन गर्नुपर्ने यातायात व्यवसायी र यातायात मजदुरहरुले माग गरेका छन् । बिहीबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर ट्रेड युनियनको प्रतिनिधिले संयुक्त रुपमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटी यातायात मजदुरहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रवन्ध गर्न र स्वास्थ्य प्रोटोकल पालना गराउँदै सवारी सञ्चालन गराउन माग गरेका हुन् ।यातायात क्षेत्र