डडेल्धुरामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी तीव्र

डडेल्धुरा :  आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि डडेल्धुरामा तयारी तीव्र पारिएको छ।जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र पारेको हो। यसैक्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार जिल्लामा सर्वपक्षीय र सर्वदलीय बैठक सम्पन्न गरेको छ।यसका साथै शुक्रबार नै जिल्लास्थित राजनीतिक दलहरूलाई निर्वाचन आचारसंहिता र निर्वाचन कार्यक्रमका बारेमा जानकारीसमेत गराइएको छ। सर्वदलीय बैठकमा जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले चुनावका बेला राजनीति