​कुवेतबाट बिरामी भएर फर्किएकी तारालाई लुम्बिनी समाजको एक लाख सहयोग

काठमाडौं, असोज ७ – कुवेतबाट बिरामी भएर फर्किएकी पाल्पाकी तारा थापालाई लुम्बिनी समाज नेपाल, कुवेतले आर्थिक सहयोग गरेको छ ।  १० वर्ष अघि कुव...

सम्बन्धित सामग्री

भूकम्पप्रभावितलाई ३० लाख सहयोग

काठमाडौँ– निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनः निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम बिष्टले जानकारी दिए।  राहत र पुनः निर्माणका लागि रु २५ लाख र विद्यालयमा शैक्षिक […]

मधेस सरकारले निहारिकालाई पाँच लाख सहयोग गर्ने

मधेस प्रदेस सरकारले महोत्तरी जलेश्वरीकी कुमारी आमा निहारिका राजपुतलाई पाँच लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।...

अक्षयकोषका लागि तीन लाख सहयोग

नारी सञ्चार गृह, झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषका लागि दमक नगरपालिकाले रु तीन लाख सहयोग गरेको छ । पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्न पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापना गरेको उक्त अक्षयकोष वृद्धिका लागि नगरपालिकाले सो रकम सहयोग गरेको हो । नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले सो रकम बराबरको चेक नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीलाई हस्तान्तरण गरे । उनले मोफसलमा रहेर काम गर्ने पत्रकारको चुनौती र समस्यासँग

मिर्गौला पीडितलाई दुई लाख सहयोग

दुवै मिर्गौला फेल भई उपचारका क्रममा रहेका गुरुङलाई समाजका तर्फबाट दुई लाख ३० हजार ६१२ रुपैयाँ आर्थिक सहयोग गरिएको हो।...

मुस्कानलाई मेयर कल्याणकारी कोषबाट २ लाख सहयोग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मेयर कल्याणकारी कोषमा जम्मा भएको रकमबाट मुस्कानलाई २ लाख रुपैयाँ सहयोग गरेका हुन् । मुस्कानलाई शल्यक्रियाको लागि रकम आवश्यक परेको जानकारी पाएपछि २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बताइएको छ ।

बाढीपहिरो पीडितलाई मेगा बैंकको १२ लाख सहयोग

काठमाडौं। मेगा बैंकले बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई उक्त रकम सहयोग गरेको हो। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बुलाई ७ लाख र मनाको चामेका पीडितलाई ५ लाख सहयोग गरेको हो। यी स्थानमा असार पहिलो साता आएको बाढीपहिरोका कारण ठूलो मात्रामा जनधनको क्षती भएको थियो।

सूर्य नेपालको ५० लाख सहयोग

सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’मा क्रमश शुक्लागण्डकी नगरपालिकालाई ३० लाख र म्याग्दे गाउँपालिकालाई २० लाख सहयोग गरेको हो । सूर्य नेपालको शेराटारस्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।सूर्य नेपालले गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका ‘कोभिड–१९ […]

कोभिड कोषमा हेफरको २७ लाख सहयोग

तनहुँ। कोभिड–१९विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँका चार स्थानीय तहमा २७ लाख सहयोग गरेको छ। हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएको देवघाट गाउँपालिकालाई १५ लाख तथा भिमाद, व्यास र शुक्लागण्डकी नगरपालिकालाई चार/चार लाख सहयोग गरेको छ। उक्त रकम अक्सिजन सिलिण्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, आइसीयू, एक्सरे मेसिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्नेछ।

कोभिड कोषमा हेफरको रु २७ लाख सहयोग

कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको चार स्थानीय तहमा रु २७ लाख सहयोग गरेको छ । हेफर इन्टरेनशनले आफ्नो कार्यक्रम सञ्चालन भएका पालिकाको कोभिड कोषमा आर्थिक सहयोग गरेको हो । हेफरले देवघाट गाउँपालिकालाई रु १५ लाख, भिमाद नगरपालिकालाई रु चार लाख, व्यास नगरपालिकालाई रु चार लाख र शुक्लागण्डकी नगरपालिकालाई रु चार लाख सहयोग गरेको छ । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोगलगायतका तीन संस्थाको सहकार्यमा कोभिडविरुद्ध जुध्नका लागि देवघाटलाई ...

राष्ट्रिय आविष्कार केन्द्रलाई नाजिरको एक लाख सहयोग

नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ । ‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य […]