दार्चुला - दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिकाले खाद्यान्न अभाव भएको जनाएको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा खाद्यान्न अभाव भएको भन्दै पालिकाले सूचना निकालेर आवश्यक व्यवस्था गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको हो ।
गाउँपालिकाको वडा नम्बर–४ सुन्सेरा डिपो, वडा नम्बर–२ राप्ला वितरण केन्द्र तथा वडा नम्बर–३ को सिना, वडा नम्बर–५ को धौलाकोट र वडा नम्बर–६ को हुती क्षेत्रमा खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन गाउँपालिकाले खाद्य व्यवस्था त...