प्रथम जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु (फोटो फिचर)

सिमकोट – जनै अर्थात् साउने पूर्णिमाको अवसर पारी पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु भएको छ। देउडा संस्कृति बचाउन आयोजना गरिएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले देउडा गाएर उद्घाटन गरेका हुन्। प्रतियोगितामा सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिका गरी २१ देउडा पारखीबीच प्रतियोगिता सुरु भएको आयोजक कर्णाली कलाकार संस्थाका अध्यक्ष मानबहादुर रावतले जानकारी दिए। […]