काठमाण्डाै – बझाङको साइपाल गाउँपालिकाका दुर्गम भेगमा नेपाली सेनाकाे हेलिकप्टरबाट चामल सामग्री ढुवानी गरिएको छ । आज आइतवार गाँउपालिकाको वडा नम्बर ३, ४ र ५ मा चामल ढुवानी गरिएको हो ।
बझाङको हिमाली भेगमा पर्ने यस गाउँपालिकामा खाद्य व्यवस्था कम्पनीले भेडा–च्याङ्ग्राबाट चामल ढुवानी गर्दै आएको भए पनि केही दिनअघि परेको बाक्लो हिमपातका कारण भेडा–च्याङ्ग्रा हिँड्न नसक्ने भएपछि सेनाको हेलिकप्टरबाट खाद्य सामग्री (चामल) ढुवानी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउ...