अन्तरप्रदेश उडान गर्दै सौय एयरलाइन्स

निजी क्षेत्रको हवाई सेवा कम्पनी सौर्य एयरलाइन्सले कात्तिक २२ गतेबाट प्रादेशिक उडान सुरु गर्ने भएको छ ।सौर्यले प्रदेशको १ को विराटनरबाट लुम्बिनी प्रदेशको भैरहवामा सिधा हवाई उडान गर्ने लागेको हो । अन्र्तप्रदेश उडान गर्ने उद्देश्यले दुई प्रदेशका यात्रुलाई लक्षित गरी दैनिक १ उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुमतिका लागि आवेदन दिइएको एयरलाइन्सका अध्यक्ष दिपक […]

सम्बन्धित सामग्री

साना जहाज किन्दै नेपाल एयरलाइन्स

आन्तरिक उडानमा कमजोर उपस्थिति रहेको नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले सुगम र दुर्गम उडानका लागि पाँचओटा साना जहाज किन्ने योजना अघि सारेको छ । दशकौंको इतिहास बोकेको निगमले सुगम (ट्रंक) रूटका लागि २ मझौला र दुर्गम (स्टल) उडानका लागि तीनओटा साना जहाज किन्ने योजना बनाएको छ । निगमले काठमाडौं र नेपालगञ्जलाई आधार बनाएर दुईओटा क्यानेडियन ट्वीनअटर जहाजबाट दुर्गमका गन्तव्यमा उडान गरिरहेको छ । सुगमका गन्तव्यमा निगमको उपस्थिति शून्य छ । निगमका प्रवक्ता रमेश पौडेलले आन्तरिकतर्फको उड़ान विस्तारका लागि सञ्चालक समितिको सुझावअनुसार थप जहाज किन्ने योजना अघि बढाइएको जानकारी दिए । आगामी आर्थिक वर्ष २०८०/८१ मा दुर्गम लक्षित तीनओटा ट्वीनअटर जहाज खरीद गर्ने लक्ष्य रहेको उनले बताए । निगम सञ्चालक समिति जहाज किन्न सहमत भए पनि योजना स्वीकृत हुन बाँकी छ । समितिले स्वीकृत गरेपछि जहाज किन्ने टेन्डर आह्वान गरिने पौडेलले बताए । प्रादेशिक (अन्तरप्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रका विमानस्थलमा उडान गर्ने दुईओटा मझौला जहाज किन्न व्यवस्थापनको उपसमितिले प्रतिवेदन पेश गरिसकेको छ । दुईओटा जहाज किन्न मंगलवार बसेको सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरसमशेर राईको संयोजकत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिनभित्र प्रतिवेदन बुझाउने गरी काम शुरू गरेको छ । शहरी क्षेत्रका विमानस्थलमा जहाज नभएका कारण निगमले व्यापारिक हिसावलेफाइदाजनक क्षेत्रमा उडान भने सकेको छैन । निगमले दुई जहाज किनेपछि काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढीलगायत शहरी क्षेत्रबाट प्रादेशिक उडान गर्ने योजना बनाएको छ । यी जहाज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आवश्यक समन्वय गरी पारदर्शी रूपले किन्ने प्रवक्ता पौडेलले बताए ।

अन्तरप्रदेश उडान विस्तार गर्दै गुण एयरलाइन्स, आजदेखि पोखरा-भरतपुर उडान शुरु

८ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरालाई हब बनाएर अन्तरप्रदेश उडान थालेको छ । पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको छ । आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको […]