१२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे

काठमाडौं । नेपाल सरकारले देशैभरी एकैपटक १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण एवं वातावरणीय अध्ययन प्रक्रिया अगाडी बढाउँने भएको छ । शहरी विकास मन्त्री प्रभु साहको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले एकैपटक देशैभरी १२ वटा शहरलाई स्मार्ट सिटीको रुपमा निर्माण तथा वातावरणीय अध्ययन प्रक्रिया शुरु गर्न लागिएको हो । ‘स्मार्ट सिटी विकास आयोजनालाई विशेष आयोजनाको रुपमा […] The post १२ वटा शहरलाई स्मार्ट सिटी बनाउने मन्त्री प्रभु साहकाे याेजना अघि बढ्याे appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

स्मार्ट सिटी विकासका लागि बजेट पुगेनः मन्त्री गुरुङ

शहरी विकासमन्त्री सीता गुरुङले स्मार्ट सिटी, सुरक्षित नागरिक आवास, एकीकृत बस्ती विकासको योजना अघि सारेपनि कार्यान्वयन लैजान नसकिएको स्वीकार गरेकी छिन्।...

के हो ‘स्मार्ट सिटी’? बैङ्गलोर गर्दैछ अभ्यास

गत वैशाखमा स्थानीय निर्वाचन सुरु भएसँगै काठमाडौँ महानगरमा फोहर थुप्रिन थाल्यो। चुनाव प्रचार हुँदै थियो, उता फोहर पनि थुप्रिँदै। तर पार्टीका उम्मेदवारले ‘स्मार्ट सिटी’ बनाउने नारा र घोषणापत्र प्रचार गर्न भने छाडेका थिएनन्।...

एमालेको घोषणापत्र विराटनगरलाई ‘स्मार्ट सिटी’ बनाउने

नेकपा एमाले विराटनगरलाई स्मार्ट सिटी बनाउने घोषणा पत्र सार्वजनिक गरेको छ। एमालेले सार्वजनिक गरेको १ सय बुँदे प्रतिबद्धताको २ नम्बर बुँदामा बृहत विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्टसिटी बनाउने उल्लेख छ।...

तुलसीपुर उपमहानगर : चर्चामा बित्यो पाँच वर्ष, अधुरै स्मार्ट सिटी

स्वास्थ्य र शिक्षामा उल्लेखनीय काम गरे पनि तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट सिटी जस्ता अधिकांश योजना चर्चामै सीमित भए ।

पाँचखालमा स्मार्ट सिटी बन्दै, इन्फ्रा बैंक र सिंगापुरको कम्पनीबीच समझदारी

पाँचखालमा स्मार्ट सिटी विकास गर्नेसम्बन्धी समझदारीपत्र (एमओयू)मा मंगलबार काठमाडौंमा हस्ताक्षर भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको एसएमइसी इन्टरनेसनल प्राइभेट लिमिटेड (एसएमइसी)बीच समझदारी भएको हो ।...

निर्वाचित भएको जोशमा स्मार्ट सिटी घोषणा, कार्यकाल सकिँदासम्म भेलामै सिमित

पाल्पाको तानसेन नगरपालिकाले चार वर्ष अघि वडा नं ५ बन्दिपोखरा धरमपानीलाई स्मार्ट सिटी बनाउने घोषणा ग¥यो। निर्वाचित भएको जोशमा नमुना बस्ती घोषणा गरेका प्रतिनिधिले अहिलेसम्म एउटा भेला गर्नबाहेक अन्य काम...

भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा नारामै सीमित (भिडियो)

डोलराज रानाभाटचितवन । चितवनको भरतपुरलाई स्मार्ट सिटी बनाउने घोषणा गर्दै आएका जनप्रतिनिधिहरुले कार्यकाल सकिने बेला हुँदासम्म ल्याण्डफिल्ड साइट समेत बनाउन सकेका छैनन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्वाचित भएर पद सम्हाले देखिका हरेक वर्षको नगरसभामा महानगरको फोहोर व्यवस्थापनका लागि ल्याण्ड फिल्डसाइट बनाउँछौँ भनेको वर्षौँ भइसक्यो तर ल्याण्डफिल्ड त परको कुरा भरतपुर ३ को नगरवन […]

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाडौंबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा […]

शहरी विकास मन्त्रालयलाई १२ स्थानमा स्मार्ट सिटी विकास गर्न स्वीकृति

काठमाडौं। सरकारले देशका १२ स्थानमा स्मार्ट सिटी बनाउन सहरी विकास मन्त्रालयलाई स्वीकृति दिएको छ। गत साता बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो। धनकुटा, झापाको गौरिगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, काभ्रे उपत्यका, भक्तपुरको गुण्डु बालकोट क्षेत्र, स्याङ्जाको वालिङ्ग, रुपन्देहीको लुम्बिनी, दाङको तुलसीपुर, दैलेखको दुल्लु, कञ्चनपुरको भीमदत्त र डडेलधुराको अमरगढीमा स्मार्ट सिटी बनाउन मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।