कलङ्कीमा बसको ठक्करबाट एक किशोरको मृत्यु, एक घाइते

काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति  ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो ।बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा

सम्बन्धित सामग्री

कपिलवस्तुमा बसको ठक्करबाट किशोरको मृत्यु

कपिलवस्तुमा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । बुधबार जिल्लाको शिवराज नगरपालिका १ मा बसको ठक्करबाट स्थानीय १८ वर्षीय सन्तोष मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले बनवासबाट चन्द्रौटातर्फ साइकलमा आउँदै गरेका पुनलाई ठक्कर दिँदा मगर गम्भीर घाइते भएका थिए । बुटवलमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बसको ठक्करबाट एक किशोरको मृत्यु

मोरङको पथरीशनिश्चरे–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट आज बिहान एक किशोरको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ४९६ नंको यात्रुबाहक बसको ठक्करबाट पैदलयात्री पथरीशनिश्चरे–१ बस्ने १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते सहनीलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने बस र…