नेपाल विकासशील मुलुकतर्फ (सम्पादकीय)

नेपाल अति कम विकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी) ले नेपाललाई आगामी पाँच वर्षको तयारी समय दिएर विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । पछिल्ला दशक नेपालले हासिल गरेको आर्थिक तथा सामाजिक प्रगतिका आधारमा नेपालको स्थितिमा सुधार आएको छ । बहुदलीय व्यवस्था पुनस्र्थापना (२०४७) पछि नेपालले २०५१÷०५२ सम्म उच्च आर्थिक वृद्धिदर हासिल गर्दै आर्थिक प्रगति गरेको थियो । त्यही गति निरन्तर राखेको भए नेपाल दुई दशकअघि नै विकासशील मुलुक हुन सक्थ्यो । सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता, छिटोछिटो सरकार परिवर्तन, कुशासन तथा आर्थिक अनुशासनहीनताजस्ता कारण नेपालले उल्लेख्य आर्थिक प्रगति गर्न नसकेपछि आर्थिक हैसियत वृद्धि हुन सकेन । अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन संयुक्त राष्ट्रसङ्घले आय, आ

सम्बन्धित सामग्री

नेपाल विकासशील मुलुक बन्दा स्वास्थ्य क्षेत्र प्रभावित हुने

सन् २०२६ सम्ममा नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्वास्थ्य क्षेत्र बढी प्रभावित हुने बताइएको छ । स्वास्थ्यमा खोप, औषधि तथा औषधि उपकरणजस्ता क्षेत्र बढी प्रभावित हुने बताइएको हो ।