इन्द्रावतीको बाढीमा हराएकामध्ये १ जनाको शव भेटियो, मेलम्ची बजारका कैयौँ घरमा क्षति

काठमाण्डाै – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रावती नदीले बगाएका सातजना मध्ये एक जनाको शव भेटिएको छ । गएराति नदीमा बाढी आएको बेला हराएका सात जना मध्ये एक पुरुषको शव भेटिएको र उनको पहिचान खुल्न बाँकी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । यस्तै हेलम्बुमा रहेको प्रहरी चौकी पनि बगाएको छ । मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका झण्डै ५० घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । मेलम्चीमा ...