कोरोनाको उत्पत्तिबारे सूचना उपलब्ध गराउन चीन असफल भएको अमेरिकाको दाबी

काठमाण्डाै - कोरोना भाइरसको उत्पत्तिबारे प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको अमेरिकाले आरोप लगाएको छ । भाइरसको  सङ्क्रमण सुरु भएको समयमा नै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्ने भए पनि चिनले त्यसो नगरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ का अनुसन्धानकर्ताको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार हप्ता लगाएर अनुसन्धान गरेको थियो । तर त्यसपछि डब्ल्यूएचओको टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको ...