कलाकार दमन रुपाखेतीलाई पितृशोक

काठमाडौं–हास्य कलाकार तथा टेलिफिल्म निर्देशक दमन रुपाखेतीलाई पितृशोक परेको छ । उनका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा शुक्रबार बिहान १० बजे थानकोटस्थित घरमै निधन भएको हो । श्रीहरी त्रिभूवन विश्वविद्यालयको नेपाली विषयका प्रोफेसर थिए । श्रीहरीका चार सन्तानमध्ये दमन साईलो हुन् । टेलिफिल्म, फिल्म, म्यूजिक भिडियो हुँदै गाइजात्रे प्रहसनमा समेत अभिनय गरेका दमन टेलिफिल्म […]

सम्बन्धित सामग्री

‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष करिस्माको ठाउँमा प्रियंका

काठमाडौँ । हास्य कलाकार जीतु नेपालले सुरु गर्न लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ सिजनमा अध्यक्ष प्रियंका कार्की रहने भएकी छन् । कलाकार नेपालले शोको नयाँ अध्यक्षमा प्रियंका फाइनल भएको जानकारी दिए ।  शोमा केही नयाँ दिन अध्यक्ष परिवर्तन गरिएको उनले सुनाए । यसअघि शोको अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् । सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहने शो माघबाट...

हास्य कलाकार गौतमको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक

गाईजात्रा नजिकिँदै गर्दा हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड) ले हास्य व्यङ्ग्यले भरिएको गाईजात्रे झटारो ‘लुटतन्त्र’ सार्वजनिक गरेका छन् । समसामयिक राजनीतिक विषयवस्तु र नेताहरुको काम माथि ‘लुटतन्त्र’ मा ब्यङ्ग्य गरिएको छ ।‘डाँडाघरे साइली’ बोलको गीतमा प्यारोडी समेत बनाइएको ‘लुटतन्त्र’ को प्यारोडीमा गौतमकै शब्द तथा स्वर छ । ‘लुटतन्त्र’ मा सुभाष गजुरेल, कमल मैनाली, दमन रुपाखेती, घनश्याम गौतम, सुरेश तिमल्सिना, प्रेम शर्मा पौडेलले, सरि

दमन रुपाखेतीले ‘मेरी बास्सै’को निर्देशकबाट हात झिके

काठमाडौं । कलाकार दमन रुपाखेती हास्य टेलिसिरियल ‘मेरी बास्सै’को निर्देशकको जिम्मेवारीबाट अलग भएका छन् । मंगलबारको एपिसोडबाट आफू ‘मेरी बास्सै’बाट अलग भएको उनले जानकारी दिए । रुपाखेतीले अनलाइनखबरसँग भने, ‘प्रोडक्सन टिमसँगको असमझदारीले सिरियल छाडेको हुँ, निर्माण कम्पनी मिडिया हबसँग सम्बन्ध छैन ।’ उनले यस विषयमा विस्तृतमा भने बताउन चाहेनन् । तर उनी निकट स्रोतले भने […]

‘मुन्द्रेको कमेडी क्लब’मा भित्रिँदै दमन

जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार दमन रुपाखेती पनि अटाउने भएका छन् । जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए । ‘दमनलाई पनि शोमा समेट्ने प्रयास गर्दैछु’ जीतुले भने, ‘पहिले टीभी फिक्स गरौ । त्यसपछि कलाकार र टिम सार्वजनिक गर्नेछु ।’ जीतुले अहिले सेट डिजाइन र टीभी फाइनल गर्ने काम भइरहेको बताए ।धेरै पहिले जीतु र दमन जोडीका रुपमा कलाकारितामा देखिने गर्दथे । त्यतिबेला दुबै जोडी हिट मानिन्थ्यो । पछिल्लो समय भने यी दुबै एक्लै एक्लै देख

मिडिया हबले निर्माण गर्यो ‘तगारो’

काठमाडौं–नेपाली हास्यव्यङ्ग्य टेलिभिजन कार्यक्रमहरु निर्माण तथा बिक्री गर्ने मिडिया हबले नयाँ टेलिफिल्म ‘तगारो’ निर्माण गरेको छ । यो सिरियल प्रत्येक साताको बिहीबार प्रसारण हुनेछ । कृष्ण लामिछानेको निर्देशन रहेको टेलिफिल्मले समसामयिक, सामाजिक, राजनैतिक तथा पारिवारिक कथा देखाउनेछ । कृष्ण र सरिता दुलालको लेखन रहेको टेलिफल्ममा ‘मेरी बास्सै’का निर्देशकसमेत रहेका कलाकार दमन रुपाखेती ‘घरज्वाइँ’ निर्देशन सल्लाहकारका […]

गाईजात्रा ‘छताछुल्ल’ बजारमा

काठमाडौं । हाँस्य कलाकार दमन रुपाखती र उत्सब केसीको लेखन तथा निर्देशनमा गाईजात्रा छताछुल्ल बजारमा आएको छ । गाईजात्रा छताछुल्लमा राजनितिक र सामाजिक विकृतिलाई हाँस्यब्यङ्ग मार्फत छताछुल्ल पारिएको छ । बरिष्ठ हाँस्य कलाकारहरुले समेत अभिनय गरेको गाईजात्रामा कलाकारहरु सुभास गजुरेल, दमन रुपाखेती, कमल कान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, सँगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मिनाथ […]

गाईजात्रामा दमन र उत्सवको ‘छताछुल्ल’

काठमाडौं– हास्य कलाकार दमन रुपाखती र उत्सव केसीको लेखन र निर्देशनमा गाईजात्रा ‘छताछुल्ल’ सार्वजनिक भएको छ । जसमा राजनीतिक र सामाजिक विकृतिलाई हास्यव्यंग्यमार्फत छताछुल्ल पारिएको छ । ‘छताछुल्ल’मा कलाकारहरु सुभाष गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मणविक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, लक्ष्मीनाथ तिमिल्सिना, सुरेश तिमल्सिना ‘नक्कली ओली’, शोभा भण्डारी, दीपक सापकोटा, मनिता डंगोल, […]

दमन र उत्सवको गाईजात्रे झटारो ‘छताछुल्ल’

काठमाडौंँ । आगामी ७ भदौमा परेको गाईजात्रालाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने क्रम जारी छ । यस्तैमा हास्य कलाकार दमन रुपाखती र उत्सब केसीले ‘छताछुल्ल’ नामक ब्यङ्ग्यले भरिएको गाईजात्रा कोसेली ल्याएका छन् । ‘छताछुल्लमा’ राजनीतिक र सामाजिक विकृतिलाई हास्य ब्यङ्ग्य मार्फत प्रस्तुत गरेको कलाकार दमन रुपाखेतीले बताए ।‘छताछुल्लमा’ सुभास गजुरेल, दमन रुपाखेती, कमलकान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम ‘नक्क