ललितपुर महानगरपालिकाका नगर प्रहरीहरूलाई नेपाल भाषाकाे प्रशिक्षण

ललितपुर – ललितपुर महानगरपालिका अन्तर्गत सुरक्षा साथै सामाजिक सेवा प्रदान गरिरहेका ७८ जना नगर प्रहरीहरूलाई नेपाल भाषाकाे प्रशिक्षण दिन सुरु गरिएकाे छ ।  ललितपुर महानगरपालिकामा सुरु गरिएको कक्षामा रुविन शाक्यले प्रशिक्षण दिनु हुने भएको छ ।  दुई हप्तासम्म चल्ने कक्षामा ४९ जना नेपालभाषा पटक्कै नबुझ्ने पनि छन् । साथै १४ जना महिला प्रहरी पनि सहभागी छन् । यस कक्षाले नगरवासीलाई नेवाः भाषा बोलेरै सेवा दिन सजिलो हुने नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो ।