बागलुङ बजारबाट एक बालक विगत १२ दिनदेखि बेपत्ता भएको परिवारले जनाएको छ । बागलुङ बजारको कालिका कन्यामन्दिर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत १४ वर्षीय बालक रोशन विश्वकर्मा विगत १२ दिनदेखि परिवारको सम्पर्कमा नरहेका कारण खोजीमा सहयोग गरिदिन उनको परिवारले सबैमा आग्रह गरेको छ । बागलुङ नगरपालिका–३ स्थित पुरानो सिनामा रोड बस्ने विश्वकर्मा पुस ९ गतेदेखि बेपत्ता भएको रोशनकी आमा दुर्गा विश्वकर्माले जानकारी दिए । “दुई दिन साथीकामा बसेर घर आएपछि कहाँ गएर आएकोभन्