बहुमतको सरकारका लागि दाबी पेस भएन : राष्ट्रपति कार्यालय

बिहीबार साँझ नौ बजेको समय सीमाभित्र कुनै पनि दलले बहुमतको सरकारको लागि दाबी पेश नगरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गरेकी थिइन् । तर, विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि

सम्बन्धित सामग्री

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा शीतल निवासकाे चहलपहल (तस्बिर)

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात वटा दलको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दाबी पेस गर्नुभएको हो । दाबी पेस गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले, माओवादी, रास्वपा, जसपाका शीर्ष नेताहरू लिएर प्रचण्ड शीतल निवास पुग्नुभएको हो । तस्बिर : ओलीकाे सचिवालय

शीतलनिवासबाट बाहिरिए विपक्षी गठबन्धनका नेता

काठमाडौं । प्रधानमन्त्रीमा दाबी पेस गर्न पुगेका विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतलनिवासबाट बाहिरिएका छन् । प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न पुगेका नेताहरु केहीबेरअघि बाहिरिएका हुन् । तर उनीहरुमध्ये अहिलेसम्म कसैले प्रतिक्रिया भने दिएका छैनन् ।

बहुमतीय प्रधानमन्त्री दाबी गर्न कोही पनि आएनन् : राष्ट्रपति कार्यालय

राष्ट्रपति कार्यालयले निर्धारित समयमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीमा दाबी पेस नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गरी...