वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, 'सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो । हामीलाई थोरै कोटा छ। अहिले केही साथीलाई पठाऔँ। ६ महिनापछि पुरानालाई फिर्ता बोलाए नयाँ टिम पठाऔँ।' यादवको उक्त प्रस्तावमा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले पनि सहमति जनाएका थिए।कार्यकारिणी र संसदीय दलको बैठकपछि यादवले सरकारमा चार नेतालाई पठाए। सुरुमा प्रमोद