राष्ट्रिय सभाको चुनाव पछि मात्रै प्रदेश १ सरकार विस्तार  !

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले राष्ट्रिय सभाको चुनाव पछि मात्रै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन ।  कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको साथ पाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका राईले यस अघि ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका थिए ।  अढाई महिना बित्दा समेत दुई मन्त्रालय मन्त्री बिहिन छन् । मन्त्रालय थप गरेर थप मन्त्री सहित सरकार बिस्तारको तयारीमा मुख्यमन्त्री राई रहेको उनी निकट स्रोतले जनाएको छ । राष्ट्रिय सभाको निर्वाचनको आचारसंहिता लागू ...