लोकान्तर ‘राउण्ड अप’ मा पाठकलाई स्वागत छ । आज मिति २०७८ साल फागुन ३ गते मंगलबार । बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छः
सभामुख अग्निप्रसाद सापकोटाले संसदमा आफू ‘अम्पायर’ मात्रै भएको र निर्णायक भूमिकामा राजनीतिक दलहरू नै रहेका बताएका छन् । सिंहदरबारमा भएको सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद सञ्चालन गराउनेबारे बैठकमा छलफल भएको जानकारी दिए ।
‘बैठकमा प्रस्तुत भएका सबैको धारणालाई गम्भीरतापूर्वक सुनेको छु । सभामुखको हैसियतले...