शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, नयाँ मन्त्रीको सपथग्रहण ‘परम्परा’अनुसार

मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नयाँ मन्त्रीको सपथग्रहण कसरी गराउने भन्ने बारे छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन् ।शुक्रबार बिहान राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री र राष्ट्रपतिबीच सपथका बारेमा छलफल भएको हो । अहिले सपथबारे नयाँ कानुन बनिनसकेको र अध्यादेश समेत खारेज भैसकेकाले कुन कानुन अन्र्तगत सपथ खुवाउने भन्ने प्रश्न उठेको छ ।यस