मदन भण्डारी राजमार्ग: पश्चिम खण्ड कालोपत्र हुँदै

मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको पश्चिम खण्डको साढे १२ किलोमिटर सडक कालोपत्र गरिने भएको छ । ट्र्याक खुलेको करिब २८ वर्षपछि कर्णाली प्रदेश सरकारले बड्डीचौर–खम्बागाडे सडकको स्तरोन्नति गर्ने भएको हो । मदन भण्डारी राजमार्गअन्तर्गत बड्डीचौर–गुटु–बेनिघाट सडक खण्डअन्तर्गतको साढे १२ किलोमिटरमा मात्र कालोपत्र गर्न लागिएको छ ।

सम्बन्धित सामग्री

एक वर्षमा १० किलोमिटर सडक कालोपत्र

काठमाडौँ,१९ साउन । गत आर्थिक वर्ष २०७८÷७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दैआएका छन् । मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन । बाँकी तीन […]

गुल्मीमा एक वर्षमा १० किलोमिटर सडक कालोपत्र

गत आर्थिक वर्ष २०७८/७९ मा गुल्मीमा जम्मा १० किलोमिटर ३५२ मिटर सडक कालोपत्र भएको छ । गुल्मीमा पूर्वाधार विकास कार्यालय, सङ्घीय आयोजना कार्यान्वयन एकाइ, मदन भण्डारी राजमार्ग र सडक डिभिजन पाल्पा गरी चार कार्यालयले सडक आयोजनाको काम गर्दै आएका छन् । मदन भण्डारी राजमार्ग आयोजनाबाट सडक कालोपत्र नै भएको छैन । बाँकी तीन कार्यालयबाट थोरै–थोरै मात्रामा सडक कालोपत्र भएको छ । कालोपत्र गरिएकामध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयअन्तर्गतको ठेक्काबाट ८.५ किलोमिटर छ । तम्घास–रेसुङ्गा सडक

मदन भण्डारी राजमार्ग : धरान–हेटौंडा सडक खण्डको काम अन्तिम चरणमा

हेटौंडा । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्ररूपमा भइरहेको छ । हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौंडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जानकारी दिएको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रूपमा वैकल्पिक मार्गका रूपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौंडासम्मको झन्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिए । साथै सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत ९ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्मको पश्चिम खण्ड ११५ किलोमिटर छ । २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्ने थियो । कोरोना महामारीका कारण निर्माण अवधि पुन: थप गरी तीव्ररूपमा काम अघि बढाइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको ६ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो । राजमार्गको नक्सांकनका विषयमा झन्डै चार वर्ष अघिदेखिको विवाद हाल समाधान गरेर निर्माण चरणमा पुर्‍याइएको बताइएको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको ६ किमी लम्बाइको उक्त सडकको चौडाइ घटाएर ९ मिटर मात्र कालोपत्र भइरहेको छ । यो राजमार्गको अन्य क्षेत्रमा नालाबाहेक कालोपत्र मात्र ११ मिटर गरिएको छ । रासस

मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक खण्डको ९६% काम सकियो

वैशाख २३, हेटौँडा । सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जानकारी दिएको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रुपमा वैकल्पिक मार्गका रुपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौँडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिए । साथै सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत ९ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ । पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्मको कुल ११५ किलोमिटर लम्बाइ सडक रहेको छ ।  विसं २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी तीव्ररुपमा काम भइरहेको छ । राजमार्गको निर्माणको जिम्मा कालिका स्वच्छन्द ररकेन जेभी काठमाडौं र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माण काम गरिरहेको छ । ११ मिटर चौडाइ रहेको उक्त सडक दुई पक्षमा कालोपत्र भएको र यसमाथि ७ मिटर चौडाइ दोस्रो लेयरमा कालोपत्र भएको उनले बताए । सिन्धुलीको सदरमुकामस्थित  कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो ।  राजमार्गको नक्सांकनका विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन् नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ । यस राजमार्गको  अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ । रासस

बागमती नदीमा पक्की पुल

बागमती । बागमती प्रदेशको राजधानी हेटाँैडा र सिन्धुली जोड्ने  सडकखण्डअन्तर्गत बागमती नदीमा पक्की पुल निर्माण भएको छ । सिन्धुलीको हरिपुरगढी गाउँपालिका–४ तथा मकवानपुरको बागमती गाउँपालिका–४ जोड्ने बागमती नदीमा पक्की पुल निर्माण भएको मदन भण्डारी राजमार्ग योजनाको कार्यालय हेटाँैडाले जनाएको छ । पुल निर्माणले सो क्षेत्रको आवागमन सहज भएको छ । विसं २०६८ असार २९ गतेदेखि शुरू भएको सो पुल ११ वर्षपछि निर्माण भए सँगै सवारीसाधन आवागमन शुरू भएको छ । सडकको दायाँबायाँ एप्रोच सडक कालोपत्र र तटबन्ध निर्माणको काम पनि भइरहेको छ । ११ ओटा स्पान रहेको पुलको लम्बाइ ४०५ मिटर लामो रहेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले बताए । सो पुल निर्माण सम्पन्न भएपछि प्रदेश राजधानी हेटौंडा जान सिन्धुली, रामेछाप, काभे्र र दोलखालगायतका जिल्लालाई सहज भएको छ । सो क्षेत्रमा पुल नहुँदा नदी तरेर जानुपर्ने बाध्यता थियो । तत्कालीन अवस्थामा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रुपमा  देखिएको उक्त राजमार्गलाई हाल मदनभण्डारी नामकरण गरिएको छ । मदनभण्डारी राजमार्गको पश्चिमतर्फ सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्म कुल ११५ किमी सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २० करोड ६२ लाखमा निर्माण हुने सो पुल पाँच वर्षमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा आलटाल गरेपछि समयावधि थपगरी २०७५ असोजसम्म बनाइएको थियो । रासस

ट्र्याक खुलेको ४६ वर्षसम्म पनि सुध्रिएन सडक

सुर्खेतको पूर्वी क्षेत्र जोड्ने बोटेचौर–भेडबारी–धुलियाबिट सडक ४६ वर्षसम्म पनि कालोपत्र हुन सकेको छैन । २०३२ सालमा ट्र्याक खोलिएको उक्त सडकलाई मदन भण्डारी राजमार्ग नामाकरण गरिए पनि अझैसम्म यात्रुहरूले जीर्ण सडकमै यात्रा गर्नुपर्ने बाध्यता छ ।

धुलियाविट–भेडावारी सडक : ट्रयाक खुलेको साढे ४ दशकपछि कालोपत्र हुँदै

पुस १३, सुर्खेत । वर्षातमा हिलाम्य र सुख्यामा धुलाम्य ग्रामीण सडकको मुख्य समस्या हो । जिल्लाका अधिकांश ग्रामीण बस्ती सडक सञ्जालमा जोडिएका छन् । तर, जिल्ला सदरमुकामदेखि गाउँसम्मका लागि खोलिएका अधिकांश ग्रामीण सडकको स्तरोन्नति समयमा हुन नसक्दा चालक, यात्रु र स्थानीयले कष्ट भोग्नु परिरहेको छ ।  तर, पछिल्लो समय मदन भण्डारी राजमार्गले छोएपछि धुलियाविट–भेडावारी सडकको दिन फेरिएका छन् । ट्रयाक खुलेको करीब साढे चार दशकपछि कालोपत्रको काम शुरु गर्न लागिएको हो । तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउने भएपछि उनलाई देखाउनकै लागि वि.स.२०३२ सालमा यो सडकको ट्रयाक खोलिएको थियो । त्यसयता यो सडकको स्तरोन्नति र कालोपत्रका लागि लामो पर्खाइमा बस्नु परेपनि हाल मदन भण्डारी राजमार्गले छोएपछि अहिले कालोपत्र गर्ने काम शुरु गर्न लागिएको हो ।  जिल्लाकै पुरानो सडक मध्येको एक धुलियाविट–भेडावारी सडकको कालोपत्रको ठेक्का कालिका (केएस) वेदान्सी जेभीले पाएको छ । राजमार्ग आयोजना निर्देशनालयलले गत वैशाखमा एक अर्ब ५१ करोड रुपैयाँमा सडक स्तरोन्नति र कालोपत्रका लागि बोलपत्र आव्हान गरेको थियो ।  कम्पनीले घटेर एक अर्ब तीन करोड रुपैयाँमा सम्झौता गरेको छ । उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ ।  मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने धुलियाविट–भेडाबारी सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अब भेडाबारी सडकखण्ड नौ मिटर चौडाइसम्म कालोपत्र गरिने भएको छ । स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडाई बनाइने छ । डीपीआर अनुसार बोटेचौरदेखि धुलियाबिटसम्म ३५ किलोमिटरभन्दा बढी स्तरोन्नति हुनेछ । यसअघि सडक ३५ किलोमिटर लामो (धुलियाबिट–भेडाबारीखण्ड) करीब ४ मिटरमात्रै चौडाइ थियो ।  यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिकाका (११ र १३, लेकबेंसी नगरपालिकाका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिकाका १०, ११, १२, १३ र १४ का स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । विकासको गुणस्तरीय पूर्वाधार उपलब्ध गराउन जनप्रतिनीधिसँग नागरिकले अपेक्षा गरे अनुरुप आफ्नो पहलमा कालोपत्रको कामलाई तीव्रता दिइएको सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर १, का सांसद ध्रुवकुमार शाहीले  बताए ।  उनले धुलियाबिट–भेडाबारी सडक खण्डलाई कालोपत्र बनाउने नागरिकसँगको आफ्नो चुनावी बाचा पूरा गरेको बताए । ‘भेडाबारी सडकखण्ड पूर्व पूर्वी सुर्खेतका नागरिकको लाइफलाइन हो,’ उनले भने, ‘चुनावमा सडक पक्की बनाउन नागरिकसँग गरेको बाचा पूरा गरेको छु ।’ लेकबेशी नगरपालिकाका मेयर गगनसिंह सुनारले धुलियाविट–भेडावारी सडकको स्तरोन्नतिले नगरको समृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास गरे ।  उनले राष्ट्रिय राजमार्ग अनुरुपको गुणस्तरीय सडक बनाउनतर्फ अहिले जनप्रतिनिधिसँगै आम नागरिकको समेत खबरदारी आवश्यक रहेको औल्याए । यसअघि धुलियाबिट–भेडाबारी–काल्चे–सल्यानको कालिमाटी, दाङ तुलसीपुर हुँदै महेन्द्र राजमार्गको लमही जोड्ने द्रुत मार्गका रुपमा समेत रेखांकन गरिएको थियो ।  अब सडक कालोपत्र गर्ने काम सकिएपछि पूर्वी सुर्खेतका नागरिकले सहज यातायात सुविधा पाउने छन् । सुर्खेतबाट काठमाडौं जानलाई समेत हालको भन्दा ५० किलोमिटर दूरी छोटो पर्नेछ ।

मदन भण्डारी राजमार्ग : धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्ड स्तरोन्नति हुँदै

सुर्खेत । पूर्वी तथा उत्तरी सुर्खेतका साटाखानी, गर्पन, कल्यान, रानीवास, नेटा, डाडाखाली, बजेडीचौर लगायत गाउँलाई कर्णाली प्रदेशको राजधानीसँग जोड्ने धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डको स्तरोन्नति हुने पक्का भएको छ । मर्मत सम्भारको अभावमा जोखिमपूर्ण बन्दै गएको यो सडकलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको रूपमा विकास गर्ने योजनाअनुसार स्तरोन्नति गर्न लागिएको हो । ट्र्याक खुलेको करीब ४२ वर्षपछि धुलियाबिट–भेडाबारी–बोटेचौर सडकको स्तरोन्नति गर्न बोलपत्र आह्वान भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले उक्त सडकखण्ड स्तरोन्नतिका लागि करीब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको बोलपत्र आह्वान गरेको हो । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको धेरै समयपछि निर्माण प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ । बहुवर्षीय आयोजना अन्तर्गत ठेक्का प्रक्रियाको प्रारम्भिक कार्य शुरू भएको हो । धुलियाबिटदेखि बोटेचौरसम्म (३५ किलोमिटर) सडकखण्डको स्तरोन्नतिका लागि बोलपत्र आह्वान लगत्तै कर्णाली प्रदेशसभा सांसद ठम्मर विष्टले लामो समयदेखि भौगोलिक उत्पीडनबाट दुःख पाउँदै आएका यस क्षेत्रका नागरिकले अब यातायातको भरपर्दो सुविधा पाउने अपेक्षा गरे । यसै वर्षदेखि स्तरोन्नतिको कामलाई गति दिन आवश्यक प्रक्रिया शुरू गरिएको आयोजना निर्देशनालयले बताएको छ । डीपीआर अनुसार सडक ९ मिटर चौडाइसम्म कालोपत्र गरिनेछ । हालको सडक औसत चार मिटर चौडाइ छ । डीपीआर अनुसार सडक स्तरोन्नतिको कुल लागत १ अर्ब ९४ करोड ८४ लाख २३ हजार ६७३ रुपैयाँ रहने अनुमान गरिएको छ । आयोजना कार्यान्वयनबाट वीरेन्द्रनगर नगरपालिकाका–११ र १३, लेकबेशी नगरपालिकाका–१, २, ३, ४, ६, ७, ९ र १० सँगै गुर्भाकोट नगरपालिकाका–१०, १२, १३ र १४ नम्बर वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । २०३६ सालमा ट्र्याक खुलेको भेडाबारी सडकखण्ड ४२ वर्षपछि स्तरोन्नति हुन लागेको हो । सुर्खेतका पूर्व क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको यो सडकखण्ड स्तरोेन्नतिपछि ठूलो स्थानीयवासीलाई ठूलो राहत मिल्ने लेखबेशी नगरपालिका प्रमुख गगनसिंह सुनारले बताए । ‘नगरपालिकाको एक आर्थिक वर्षको पूरै बजेटले पनि सडकको स्तरोन्नति हुने सम्भावना थिएन,’ उनले भने, ‘अहिले मदनभण्डारी राजमार्ग अन्तर्गत केन्द्रीय योजनामै परेपछि छिट्टै स्तरोन्नति हुने आशा गरेका छौं ।’ उक्त सडक निर्माणपछि सुर्खेतबाट काठमाडौं जान साविकको भन्दा ५० किलोमिटर छोटो पर्ने उनले बताए   ।   धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डलाई राष्ट्रिय राजमार्ग बनाउन जनप्रतिनिधिको पहलअनुसार सरकारले स्तरोन्नति गर्न लागेको सुर्खेत क्षेत्र नं का प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाहीले बताए । यो सडकखण्डले सुर्खेतवासीलाई मात्र नभई समग्र कर्णालीका बासिन्दालाई समेत सुविधा पुग्ने उनको भनाइ छ । सडक स्तरोन्नति कार्य तोकिएकै समयभित्रै सम्पन्न गराउन सबै पक्षबाट निरन्तर खबरदारी आवश्यक रहेको उनले औंल्याए । पश्चिमखण्डको डीपीआर नै बनेन मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेत पश्चिम खण्डको भने डीपीआर नै तयार हुन सकेको छैन । स्थानीयको अवरोधका कारण डीपीआर तयार हुन नसकेको बताइएको छ । ‘यो वर्ष वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मात्रै तयार हुन्छ,’ आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिल्सेनाले भने, ‘पश्चिमखण्डमा स्तरोन्नतिको काम अर्काे वर्षदेखि शुरू हुन्छ ।’  डीपीआर लगायत प्राविधिक काम सकिएपछि मात्रै सडक स्तरोन्नति गर्न सकिने उनले बताए ।

मदन भण्डारी राजमार्ग : सुर्खेत पूर्वी खण्डमा हट्यो अन्योल

सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योल हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरू भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।      आयोजनाको निरन्तर निगरानी गरिरहेकान सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले चालू आर्थिक वर्षमै बहुवर्षीय ठेक्काअन्तर्गत काम शुरू हुने बताए । विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएलगत्तै आयोजनाले निर्माण प्रक्रिया अघि बढाएको हो । ‘निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुँदै छ, आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न हामी जनप्रतिनिधिले पनि आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छ,’ उनले भने, ‘ओझेलमा परेको जिल्लाको पुरानो सडकखण्ड राष्ट्रिय राजमार्गमा जोडिनुले पूर्वी क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याउनेछ ।’ २०३६ मा ट्र्याक खुलेको भेडाबारी सडक त्यसयता स्तरोन्नति हुन सकेको थिएन । सडकको ९ मिटर चौडाइसम्म कालोपत्र गरिनेछ । हाल उक्त सडकको चौडाइ करीब ४ मिटर छ । स्तरोन्नति गर्दा करीब ५२ प्रतिशत सडक फराकिलो बताइएको छ । सुर्खेतमा मदन भण्डारी राजमार्ग १२९ किमी पर्छ । तीमध्ये वीरेन्द्रनगर पूर्वमा ३५ तथा पश्चिम क्षेत्रमा ९४ किमी पर्छ । पश्चिममा बड्डीचौर–बेनीघाट सडक खण्डलाई मदन भण्डारी राजमार्गमा कायम गरिएको छ । यो पनि ट्र्याक खोलिएको पुरानो सडक खण्डमा पर्दछ । पूर्वी क्षेत्रको बोलपत्र प्रक्रिया शुरू भइसक्दा पश्चिम खण्डमा भने अन्योल कायमै छ । केही समय स्थानीयवासीको अवरोधका कारण डीपीआर तथा ईआईएको काम प्रभावित भएको थियो । रासस